समाचार

कञ्चनपुरमा हात्तीको आक्रमणबाट महिलाको मृत्यु

२०८२ मंसिर ९ गते १०:२०

काठमाण्डू, ९ मंसिर– कञ्चनपुरमा हात्तीको आक्रमणबाट एक महिलाको मृत्यु भएको छ । कञ्चरपुरको भीमदत्त नगरपालिका–१४ को बनकट्टी स्याउले क्षेत्रमा शुक्लाफाँटा राष्ट्रिय निकुञ्जबाट आएको जंगली हात्तीले कच्ची घर भत्काएर आक्रमण गर्दा ४५ वर्षीया धना बिष्टको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । मंगलबार बिहान करिब...

रास्वपा काठमाण्डू सभापति विष्टले लिए राजीनामा फिर्ता

२०८२ मंसिर ८ गते १९:५९

काठमाण्डू, ८ मंसिर– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का काठमाण्डू जिल्ला सभापति प्रदीप विष्टले राजीनामा फिर्ता लिएका छन् । पार्टी नेताहरुको आग्रहमा राजीनामा फिर्ता लिएको उनले बताएका छन् । पार्टीलाई सही र प्रभावकारी रुपमा सञ्चालन गर्न आफूले दिएको सुझावलाई नेतृत्वले महत्व नदिएको गुनासो गर्दै उनले...

कांग्रेसलाई राष्ट्रपतिको सुझावः निर्वाचनको विकल्प नसोच्नुस्

२०८२ मंसिर ८ गते १७:१३

काठमाण्डू, ८ मंसिर– राष्ट्रपति रामचन्द्र पौडेलले नेपाली कांग्रेसको विशेष महाधिवेशन पक्षधर नेताहरूलाई प्रतिनिधिसभा निर्वाचनको वैकल्पिक बाटो कल्पना नगर्न आग्रह गरेका छन । आज सोमबार भेटघाटका लागि शीतलनिवास पुगेका कांग्रेसमा विशेष महाधिवेशनको माग गर्दै आएका केही नेताहरूसँग उनले २१ फागुनका लागि तय भएको निर्वाचनबाहेक अन्य...

थ्रिलिङ म्याचमा विराटनगर किंग्सले जनकपुर बोल्ट्सलाई ९ रनले हरायो

२०८२ मंसिर ८ गते १६:५६

काठमाण्डू, ८ मंसिर– नेपाल प्रिमियर लिग (एनपीएल) दोस्रो संस्करणमा साविक विजेता जनकपुर बोल्ट्समाथि रोमाञ्चक जित निकाल्दै विराटनगर किंग्सले लगातार तेस्रो जित हात पार्न सफल भएको छ । विराटनगरले जनकपुर बोल्टसलाई जारी एनपीएलमा ९ रनले पराजित गर्न सफल भएको हो । साविक विजेता जनकपुरको यो...

एनपीएलमा सट्टेबाजीः पक्राउ परेकाले २ करोडको कारोबार गरेको भेटियो

२०८२ मंसिर ८ गते १६:५२

काठमाण्डू, ८ मंसिर– नेपाल प्रिमियर लिग (एनपीएल)मा बेटिङ (सट्टेबाजी) गराएको आरोपमा पक्राउ परेकाहरूले २ करोड ५ लाखको कारोबार गरेको खुलेको छ । दुई पटकमा ९ भारतीय र एक नेपाली महिलासहित प्रहरीले १० जनालाई पक्राउ गरेर अहिले अनुसन्धान जारी छ । उनीहरूको कारोबार विवरण हेर्दा...

सुमनराज अर्याल मुख्यसचिव नियुक्त

२०८२ मंसिर ८ गते १६:४३

काठमाण्डू, ८ मंसिर– नेपाल सरकारको मुख्यसचिवमा सुमनराज अर्याल नियुक्त भएका छन । आज (सोमबार) प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा बसेको मन्त्रिपरिषद् बैठकले उनलाई मुख्यसचिव नियुक्त गर्ने निर्णय गरेको एक मन्त्रीले जानकारी दिए । ५८ वर्षे उमेरहदका कारण मुख्यसचिव एकनारायण अर्याल यही ९ मंसिर (भोलि) बाट...

काँक्रेविहारमा मृत भेटिएका युवायुवतीको पहिचान खुल्यो

२०८२ मंसिर ८ गते १५:४८

काठमाण्डू, ८ मंसिर– सुर्खेतको काँक्रेविहार जंगलमा मृत भेटिएका युवायुवतीको पहिचान खुलेको छ । मृतक युवती वीरेन्द्रनगर–१०, खजुराकी १६ वर्षीया दीपिका चौधरी र युवक जुम्लाको कनका सुन्दरी गाउँपालिका–७ का १८ वर्षीय नरेश खत्री रहेको जिल्ला प्रहरी कार्यलय सुर्खेतले जानकारी दिएको छ । उनीहरू वीरेन्द्रनगर नगरपालिका–९,...

विद्युत् आयातमा ४३ करोड गडबडीः महँगोमा नकिनेको भए ३ अर्ब घाटा हुने कुलमानको दाबी

२०८२ मंसिर ८ गते १५:३३

काठमाण्डू, ८ मंसिर– ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री कुलमान घिसिङले प्रतियुनिट भारतीय २१ पैसा महँगोमा पीटीसी इन्डियासँग विद्युत् किनेर उल्टै ३ अर्ब फाइदा भएको तर्क गरेका छन । आज (सोमबार) राष्ट्रिय सभाको सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिमा बोल्दै ऊर्जामन्त्री घिसिङले यस्तो बताएका हुन ।...

शीर्ष नेताहरूसँग छलफलको तयारीमा प्रधानमन्त्री कार्की

२०८२ मंसिर ८ गते १५:२७

काठमाण्डू, ८ मंसिर– अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्की विभिन्न दलका शीर्ष नेताहरूसँगको वार्ताका लागि तयारी गरेकी छन् । २१ फागुनका लागि तय भएको प्रतिनिधिसभा निर्वाचनको वातावरण बनाउन उनी दलका शीर्ष नेताहरूसँगको छलफलमा जुटेकी प्रधानमन्त्रीको सचिवालय उच्च स्रोतले जानकारी दिएको छ । स्रोतका अनुसार दलका...

विशेष महाधिवेशनबाट चुनिने सभापतिले टिकट बाँड्छन्ः महामन्त्री थापा

२०८२ मंसिर ८ गते १५:१६

काठमाण्डू, ८ मंसिर– कांग्रेसका महामन्त्री गगन थापाले आगामी निर्वाचनका लागि उम्मेदवारको टिकटमा विशेष महाधिवेशनबाट चुनिने सभापतिले हस्ताक्षर गर्ने बताएका छन । निर्वाचनका लागि बाँडिने टिकटमा सभापति शेरबहादुर देउवाको हस्ताक्षर चल्ने गरी आइतबार निर्वाचन आयोगमा दल दर्ता भएपछि उठेको सवालबारे प्रष्टीकरण दिँदै कांग्रेस महामन्त्री थापाले...

२० मंसिरदेखि समानुपातिक निर्वाचन प्रणालीतर्फको कार्यक्रम सुरु हुने

२०८२ मंसिर ८ गते १४:०५

काठमाण्डू, ८ मंसिर– समानुपातिक निर्वाचन प्रणालीतर्फको निर्वाचन कार्यक्रम यही २० मंसिरदेखि सञ्चालन हुने निर्वाचन आयोगले जनाएको छ । २० मंसिरदेखि समानुपातिक निर्वाचनतर्फको कार्यक्रम आयोगबाट अगाडि बढ्ने छ । निर्वाचन आयोगबाट स्वीकृत कार्यक्रमअनुसार २१ मंसिर बिहान १० बजेदेखि २३ मंसिर दिउँसो ४ बजेसम्म समानुपातिक निर्वाचनमा...

मिराज ढुंगानाको समूहले प्रधानमन्त्री कार्यालयमा ज्ञापन पत्र बुझाउँदै

२०८२ मंसिर ८ गते १३:५९

काठमाण्डू, ८ मंसिर– जेनजी अगुवा मिराज ढुंगानाको समूहले प्रधानमन्त्री कार्यालयमा ज्ञापन पत्र बुझाउने तयारी गरेको छ । ज्ञापन पत्र बुझाउन सो समूह दिउँसो तीन बजे प्रधानमन्त्री कार्यालय सिंहदरबार जाँदैछ । पछिल्लो समय सरकारमै रहेकाहरुले आन्दोलनको मर्मविपरीत कार्य गरेकोले त्यसविरुद्ध ज्ञापनपत्र बुझाउन जान लागिएको ढुंगानाले...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us