राजनीति

संसदीय दलको विधान टुंग्याउँदै राजपा

२०७५ असार २५ गते १७:१२

काठमाण्डु, २५ असार – राष्ट्रिय जनता पार्टी (राजपा) नेपालले संसदीय दल सम्बन्धी विधानलाई भोलि मंगलबार औंपचारिक रुपमा टुंग्याउने भएको छ । सिंहदरबारमा आज बसेको राजपा संसदीय दलको बैठकले विधानको मस्यौदा उपर छलफल गरी सांसदहरुको थप राय सुझाव लिएर विधानलाई पारित गर्ने निर्णय गरेको हो...

अस्पतालकाे शैप्याबाट गंगामायाले भनिन्ः अब देखि अनशन तोडाउन नआउनुस् !

२०७५ असार २५ गते १७:०२

काठमाण्डु, २५ असार – गंगामाया अधिकारीले अनसन तोड्न अस्वीकार गरेकी छन् । कृष्णप्रसाद अधिकारीको हत्या अभियोग लागेका छविलाल पौडेलले सर्वोच्च अदालतसामू आत्मसमर्पण गरेपछि सरकारी अधिकारीहरु गंगामायालाई भेट्न वीर अस्पताल पुगेका थिए । उनीहरुले अनशन तोड्न आग्रह गरेका छन् । तर, गंगामायाले सरकारको आग्रह अस्वीकार...

संघीयताको विकासका लागि राससको भूमिका महत्वपूर्णः मुख्यमन्त्री

२०७५ असार २५ गते १६:३९

जनकपुरधाम, २५ असार – प्रदेश नं २ का मुख्यमन्त्री लालबाबु राउतले संघीयताको संस्थागत विकासका लागि राष्ट्रिय समाचार समितिको भूमिका महत्वपूर्ण रहेको बताएका छन् । राष्ट्रिय समाचार समितिका अध्यक्ष श्यामल नेतृत्वको टोलीको भेटघाटका अवसरमा सो कुरा उनले बताएका हुन् । राष्ट्रिय समाचार समितिको विकास र...

गोविन्द केसीलाई सांसदको सुझावः पार्टीको झण्डा बोकेर आउनुस्

२०७५ असार २५ गते १६:३५

काठमाण्डु, २५ असार – त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालका प्राध्यापक डा. गोविन्द केसीको राजीनामा मागिएको छ । प्रतिनिधिसभाको सोमबारको बैठकमा बोल्दै नेपाल कम्युनिस्ट पार्टी (नेकपा)की सांसद गंगा चौधरीले सरकारी तलब खाएर जनताको पक्षमा आएको चिकित्सा शिक्षा विधयेकको विरोधमा अनशन बस्ने डा केसीको राजीनामा मागेकी हुन्...

यी हुन् संसदीय समितिमा पर्ने सदस्य(नामसहित)

२०७५ असार २५ गते १६:२८

काठमाण्डु, २५ असार – प्रतिनिधिसभाले संसदीय सुनुवाई विशेष समितिमा रहने १२ जना सदस्यको नाम स्वीकृत गरेको छ । सभामुख कृष्णबहादुर महराले सोमबारको प्रतिनिधि बैठकमा संसदीय सुनुवाई समितिमा रहेका सांसदहरुको नामावली पढेर सार्वजनिक गरेका हुन् । संसदीय सुनुवाइ समितिमा नेपाल कम्युनिष्ट पार्टीबाट ७ जना रहेका...

कांग्रेसलाई प्रधानमन्त्रीको प्रश्नः संसदमा थपडी ठोक्ने हो ?

२०७५ असार २५ गते १५:५५

काठमाण्डु, २५ असार – २५ असार प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिपक्षी दलले कमजोर त्यान्द्रा समाएर आन्दोलन गर्न खोजेको बताए । नेपाल कम्यूनिष्ट पार्टी (ने क पा)को संसदीय दलको बैठकमा सोमबार प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन् । ‘निर्वाचनमा वाम गठबन्धनलाई जनताले बुहमत दिएर पठाए ।...

गगनकाे गर्जनः प्रधानमन्त्री ज्यू, गोविन्द केसीलाई चिन्नुस् !

२०७५ असार २५ गते १५:४९

काठमाण्डु, २५ असार – नेपाली कांग्रेसका नेता गगन थापाले संख्या गनेर कसैको आवाजलाई नदबाउन प्रधानमन्त्री केपी शर्मा ओलीलाई आग्रह गरे । चिकित्सा शिक्षा विधेयक र डा. गोविन्द केसीको अनशनको विषयमा संसदमा प्रस्तुत जरुरी सार्वजनिक महत्वको प्रस्तावमाथि छलफलमा भाग लिँदै उनले आन्दोलनकारीको संख्या र संसदमा...

बजेट बाँडफाँड सन्तुलित छः अर्थमन्त्री डा खतिवडा

२०७५ असार २५ गते १५:४५

काठमाण्डु, २५ असार – अर्थमन्त्री डा युवराज खतिवडाले आगामी आर्थिक वर्ष २०७५–७६ का लागि विनियोजित बजेटको आकार सही र संघीय संरचनाअनुसार सन्तुलित भएको बताएका छन् । राष्ट्रियसभाको बैठकमा विनियोजन विधेयकमाथिको छलफलमा सदस्यहरुले उठाएका प्रश्नको आज जवाफ दिँदै उनले संघ, प्रदेश र स्थानीय तहमा राजश्वको...

कोइरालालाई सरकारले क्यानडा जान नदिएपछि कोलम्बिया विश्वविद्यालयले दियो यस्तो प्रतिक्रिया

२०७५ असार २५ गते १५:३७

काठमाण्डु, २५ असार – ब्रिटिश कोलम्बिया विश्वविद्यालयले १७ औं विश्व संस्कृत सम्मेलनमा भाग लिन नेपाल संस्कृत विश्वविद्यालयका उपकुलपतिलाई रोकिएकोमा दुःख व्यक्त गर्दै उपकुलपति अनुपस्थित भएर संस्कृत सम्मेलनको आयोजना हस्तान्तरण गर्नुपर्दा लज्जित भएको बताएको छ । कोलम्बिया विश्वविद्यालयको संस्कृत साहित्य र दक्षिण एशिया लोकसाहित्य विभागका...

सफल शान्ति प्रक्रिया र संविधानको अन्तर्राष्ट्रियकरण गरिने

२०७५ असार २५ गते १५:३७

काठमाण्डु, २५ असार – परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले समकालीन विश्वमा नेपालभित्र सम्पन्न शान्ति प्रक्रिया अत्यन्त सफल भएको भन्दै यसलाई अन्तर्राष्ट्रियकरण गरिने बताएका छन् । राष्ट्रियसभाको बैठकमा विनियोजन विधेयकमाथिको छलफलमा सदस्यहरुले उठाउनुभएको प्रश्नको आज जवाफ दिने क्रममा उनले विश्वकै समावेशी र सामाजिक न्यायको दृष्टिकोणले निकै प्रगतिशील...

संसदमा जंगिए मिनेन्द्र, रोबर्टसँग तुलना गर्दै प्रधानमन्त्रीलाई यसो भने

२०७५ असार २५ गते १५:२६

काठमाण्डु, २५ असार – नेपाली कांग्रेसका सांसद डा. मिनेन्द्र रिजालले प्रधानमन्त्री केपी शर्मा ओली तत्कालीन राजा ज्ञानेन्द्र शाह भन्दा तानाशाही बाटोमा अघि बढेको आरोप लगाएका छन् । प्रतिनिधि सभामा नेपाली कांग्रेसले दर्ता गराएको जरुरी सार्वजनिक महत्वको प्रस्तावमाथि विशेष समय लिएर बोल्दै रिजालले नागरिकको स्वतन्त्रताविरुद्ध...

कांग्रेसले कसलाई गर्यो ‘इमोसनल ब्याकमेलिङ’ ? भट्टराईले खोले भित्रि राज

२०७५ असार २५ गते १५:०१

काठमाण्डु, २५ असार – सत्तारुढ नेपाल कम्युनिस्ट पार्टीका सांसद योगेश भट्टराईले डा. गोविन्द केसी र गंगामाया अधिकारीको नाममा ‘इमोसनल ब्याकमेलिङ’ भइरहेको बताएका छन् । डा. केसीको जीवन रक्षाको माग गर्दै दर्ता भएको सार्वजनिक महत्वको प्रस्तावमाथि संसदमा भएको छलफलमा भाग दिँदै सांसद भट्टराईले डा. केसी,...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us