राजनीति

तुलाधरको योगदान नेपाल र नेपालीले स्मरण गरिरहने छन्ः राष्ट्रपति

२०७५ कार्तिक २५ गते १६:११

काठमाण्डु, २५ कात्तिक – राष्ट्रपति विद्यादेवी भण्डारीले वामपन्थी नेता एवं मानवाधिकारकर्मी पद्ममरत्न तुलाधरको निधनप्रति दुःख व्यक्त गर्दै शोकाकूल परिवारजनमा समवेदना व्यक्त गरेकी छन् । राष्ट्रपति भण्डारीले स्व तुलाधरकी धर्मपत्नी नीलशोभालाई आज समवेदना सन्देश पठाउँदै देश, जनता र लोकतन्त्रप्रति समर्पित साहसी तथा अथक योद्धा एवं...

तीन टुक्रा भएको राप्रपा एक हुँदै, सोमबार पार्टी एकता !

२०७५ कार्तिक २५ गते १६:००

काठमाण्डु, २५ कात्तिक – तीन टुक्रामा विभाजित राप्रपाका नेताहरुले पार्टी एकताको तयारी थालेका छन् । नेताहरुका अनुसार डा. प्रकाशचन्द्र लोहनी नेतृत्वको एकीकृत राप्रपा राष्ट्रवादी, कमल थापा नेतृत्वको राप्रपा र पशुपतिशम्शेर राणाको राप्रपा प्रजातान्त्रिकबीच एकताको तयारी भएको हो । आइतबार पनि तीनै राप्रपाका शीर्ष नेताहरुबीच...

मुख्यमन्त्री पोखरेललाई चीन भ्रमणको निम्तो

२०७५ कार्तिक २५ गते १४:३०

बुटवल, २५ कात्तिक – प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेल र चिनियाँ राजदूत यु होङबीच भेटवार्ता भएको छ । भेटका क्रममा राजदूत होङले उपयुक्त समयमा चीनको भ्रमणका लागि मुख्यमन्त्री पोखरेललाई निमन्त्रणा दिएकी छन् । लुम्बिनीको पर्यटन प्रबर्धन, कृषिको विकास र उद्योगमा चिनियाँ लगानी बारे...

अमेरिकामा पत्रकार कुटिएपछि विश्वप्रकाशको आक्रोशः सरकार ! लाज छोप्ने कि कलम निमोठ्ने ?

२०७५ कार्तिक २५ गते १३:२४

काठमाण्डु, २५ कात्तिक – नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले अमेरिकामा समाचार लेखेकै भरमा पत्रकार कुटिएको घटनाबारे सरकासँग प्रश्न गरेका छन् । बिआरटी नेपालका सम्पादक लोकमणि राईमाथि कुटपिट भएको घटनाप्रति इंगित गर्दै प्रवक्ता शर्माले प्रदेश १ का मुख्यमन्त्री शेरधन राईको अमेरिका भ्रमणमाथिसमेत प्रश्न उठाएका छन्...

उपेन्द्रको खुलासाः चिनियाँ रेल नेपाल आउन सजिलो छैन

२०७५ कार्तिक २५ गते १३:१६

काठमाण्डु, २५ कात्तिक – उपप्रधानमन्त्री उपेन्द्र यादवले भारत र चीनको रेल हाम्रै जीवनकालमा नआउने बताएका छन् । भारतीय पत्रिका द विकलाई दिएको अन्तर्वार्तामा यादवले नेपालमा चीन र भारतबाट रेल आउन लागेको भए पनि त्यो सजिलो नभएको बताएका छन् । उनले भनेका छन्, ‘यो सजिलो...

अमेरिका भ्रमण प्रकरणः अन्ततः मुख्यमन्त्री शेरधन राईले मुख खोले

२०७५ कार्तिक २५ गते ११:४९

अमेरिका, २५ कात्तिक – अमेरिका पुगेका प्रदेश १ का मुख्यमन्त्री शेरधन रार्इले संलग्नता नै नभएको घटनामा नाम जोडेर बदनाम गरिएको भन्दै आपत्ति जनाएका छन् । बैंककमा उपचार गर्ने भन्दै मुख्यमन्त्री राई अमेरिका पुगेको समाचार प्रकाशमा आएपछि पत्रकार कुटिएको भन्दै आलोचना भइरहेका बेला मुख्यमन्त्री राईले...

नेबिसंघद्धारा काभ्रेका सबै बिद्यालय बन्द

२०७५ कार्तिक २५ गते १०:५४

बनेपा, २५ कात्तिक – नेपाल विद्यार्थी संघ काभ्रेले विद्यार्थी नेताको रिहाइको माग गर्दै आइतबार र सोमबार काभ्रेका सबै विद्यालय बन्दको घोषणा गरेको छ । प्रधानमन्त्रीको तस्बिर विगारेर फेसबुकमा शेयर गरेको आरोपमा तपेश्वर उच्च माध्यामिक विद्यालयको नेविसंघका इकाइ सभापति कृष्ण ढकाल पक्राउ परेको विरोधमा नेपाल...

राजनीति गरेर जागिर खाने शिक्षकलाई शिक्षामन्त्रीको यस्तो चेतावनी

२०७५ कार्तिक २५ गते १०:०९

बर्दिवास, २५ कात्तिक– शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले सीपमूलक व्यावसायिक शिक्षा मुलुकको समृद्धि अभियानका लागि अपरिहार्य भएको बताएका छन् । शनिबार महोत्तरीको बर्दिवास–६ किसाननगरमा नवस्थापित प्राकृतिक स्रोत व्यवस्थापन क्याम्पसले आयोजना गरेको अन्तरक्रिया कार्यक्रमलाई मन्त्री पोखरेलले मुलुकको दिगो विकास र दक्ष जनशक्तिको प्रवद्र्धनका लागि...

फाल्गुनन्दलाई प्रधानमन्त्रीले यसरी सम्झिए

२०७५ कार्तिक २५ गते १०:०२

काठमाण्डु, २५ कात्तिक – प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रि«य विभूति तथा समाज सुधारक फाल्गुनन्दले सामाजिक विकृति, विसङ्गति हटाउनका लागि शुरु गरेको अभियान आज पर्यन्त स्मरणीय रहेको बताएका छन् । फाल्गुनन्दको १३४औँ जन्मजयन्तीका अवसरमा शुभकामना सन्देश जारी गर्दै प्रधानमन्त्री ओलीले उनले समाज सुधारको लागि जारी...

देउवाको कार्यशैली पार्टीका लागि खतरनाकः युवा नेता गगन थापा

२०७५ कार्तिक २४ गते १७:१५

काठमाण्डु, २४ कात्तिक – नेपाली कांग्रेसका युवा नेता गगन थापाले पार्टी सभापति शेरबहादुर देउवाको चर्को आलोचना गरेका छन् । नेता थापाले पार्टी उपसभापतिमा विजयकुमार गच्छदारलाई मनोनित गर्ने सभापति देउवाको शैलीलाई अराजकताको संज्ञा दिँदै चर्को आलोचना गरेका हुन् । शनिबार काठमाण्डुमा गणेशमान सिंह स्मृति भवनको...

देउवाले ‘विधान भन्दा म नै माथि छु ’ भनेजस्तो गर्दा पार्टी चल्न सकेनः नेता सिंह

२०७५ कार्तिक २४ गते १३:१६

काठमाण्डु, २४ कात्तिक – विसं २०४६ को जनआन्दोलनका कमाण्डर एवं लौहपुरुष गणेशमान सिंहको १०४औँ जन्मजयन्तीका अवसरमा आज बिहान गणेशमान सिंह फाउण्डेशनले शोभाभगवतीमा आयोजना गरेको कार्यक्रममा स्व सिंहको योगदानको चर्चा गरिँदै उनको शालिकमा माल्यार्पण गरियो । कार्यक्रममा नेपाली काङ्ग्रेसका नेता प्रकाशमान सिंहले नेपालको प्रजातान्त्रिक आन्दोलनमा...

देउसी खेल्न गएका युवकको हात्तीको आक्रमणबाट मृत्यु

२०७५ कार्तिक २४ गते १०:५२

चितवन, २४ कात्तिक – चितवनमा हात्तीको आक्रमणबाट एक जनाको मृत्यु भएको छ । गएराति देउसी खेल्न गएका राप्ती नगरपालिका वडा नम्बर २ गड्यौलीका बर्ष २३ को सागर राईको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । गएराती २ बजेको समयमा हात्तीले लखेटेर खेतको...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us