राजनीति

नेकपा सचिवालय बैठकः स्थायी समितिको कार्यसूची तय

२०७५ मंसिर २९ गते १४:५३

काठमाण्डु, २९ मङ्सिर – नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठकले स्थायी समितिको बैठकका लागि प्रमुख कार्यसूची तय गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सचिवालयको बैठकले साङ्गठनिक एकीकरणलाई तत्काल टुङ्गोमा पु¥याउने, पार्टी र सरकारको कामलाई थप व्यवस्थित बनाउने र आगामी कार्यदिशा तय गर्ने...

सङ्घीयताको कार्यान्वयनका लागि समन्वय आवश्यकः उपप्रधानमन्त्री पोखरेल

२०७५ मंसिर २९ गते १४:४४

काठमाण्डु, २९ मङ्सिर – उपप्रधानमन्त्री एवं रक्षामन्त्री ईश्वर पोखरेलले सङ्घीय संरचनाअनुरुप मुलुकको प्रशासनिक तथा वित्तीय व्यवस्थालाई प्रभावकारी रुपमा अघि बढाइने बताएका छन् । काठमाण्डु महानगरपालिकाको २४औँ वार्षिकोत्सव तथा महानगर महोत्सवको आज वसन्तपुरमा उद्घाटन गर्दै उनले सङ्घीयताको प्रभावकारी कार्यान्वयनका लागि तीनै तहको सरकारबीच समन्वयका साथ...

एकाबिहानै चार नेतासंग प्रचण्डको भेट, के भयो सहमती ?

२०७५ मंसिर २९ गते १३:३९

काठमाण्डु, २९ मंसिर – सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले यसअघिको सचिवालय बैठक बहिस्कार गरेका चार जना शीर्ष नेताहरुसँग छलफल गरेका छन् । प्रचण्डको पहलमा शनिबार बिहान बामदेव गौतम निवासमा नेताहरुबीच छलफल भएको हो । पार्टी स्थायी समिति बैठकअघि भएको...

६ वर्षपछि काङ्ग्रेस महासमिति बैठक आज बस्दै

२०७५ मंसिर २९ गते १०:२०

काठमाण्डु, २९ मङ्सिर – प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेसले सङ्घीयताअनुसार पार्टीको विधानलाई परिमार्जन गर्न बोलाएको महासमिति बैठक आजबाट शुभारम्भ हुँदैछ । कांग्रेसको महासमिति बैठक ६ वर्षपछि आज (शनिबार)बाट बस्दैछ । उसको विधानअनुसार हरेक वर्ष हुनुपर्ने यो बैठक २०६९ सालपछि बल्ल बस्न लागेको हो ।...

सरकारलाई कर्मचारीले नै च्यालेन्ज दिएपछि…

२०७५ मंसिर २८ गते १६:३८

काठमाण्डु, २८ मंसिर । सरकाले हालै ल्याएको कर्मचारी समायोजन अध्यादेशको बिरोधमा उत्रेको प्राविधिक सञ्जाल नेपालले ८ बुँदे धारणा सार्वजनिक गर्दै अध्यादेश नसच्याए आन्दोलनमा उत्रिने चेतावनी दिएको छ । रिपोर्टर्स क्लब नेपालमा प्राविधिक सञ्जाल नेपालले पत्रकार सम्मेलन गरेर कर्मचारी समायोजन अध्यादेश समग्र कर्मचारीको हितविपरित र...

कस्तो छ देशकाे सुरक्षा अवस्था ? प्रधानमन्त्रीले राष्ट्रपतिसमक्ष बुझाए यस्तो प्रतिवेदन

२०७५ मंसिर २८ गते १६:३६

काठमाण्डु, २८ मंसिर – राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष प्रधानमन्त्री एवं राष्ट्रिय सुरक्षा परिषद्का अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रिय सुरक्षा परिषद्को आर्थिक वर्ष २०७४÷७५ को वार्षिक प्रतिवेदन प्रस्तुत गरेका छन् । राष्ट्रपति भवन शीतल निवासमा आज आयोजित समारोहमा सवैधानिक व्यवस्थानुरुप प्रधामन्त्री ओलीले उक्त प्रतिवेदन प्रस्तुत गरेका...

नेकपाको बैठकस्थल परिवर्तन

२०७५ मंसिर २८ गते १३:४२

काठमाण्डु, २८ मंसिर – नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को तेस्रो स्थायी कमिटी बैठक शनिबार बस्ने भएको छ । बैठकमा सचिवालय बैठकले गरेका निर्णयलाई अनुमोदन गराउने, सरकारको काम कारवाही, तल्लो तहसम्मको पार्टी एकतालाई व्यवस्थापन गर्ने र समसामयिक विषयवस्तुमाथि छलफल हुने उनले जानकारी दिए । यसअघि असारमा...

मन्त्री थापाको विशेष पहलमा सडक निर्माण गर्न दुई करोड बजेट विनियोजन

२०७५ मंसिर २८ गते १३:२४

बेनी, २८ मंसिर – म्याग्दीको रघुगङ्गा गाउँपालिका–४ दग्नाम देखि दरमिजा हुँदै वडा नं ७ चिमखोला जोड्ने सडक निर्माणमा रु दुई करोड बजेट विनियोजन भएको छ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री थममाया थापाको विशेष पहलमा सो सडकको ट्र्याक निर्माणका लागि दुई खण्डमा गरी...

काङ्ग्रेस महासमिति बैठकः यी पाँच दस्तावेजमा छलफल हुने

२०७५ मंसिर २८ गते १२:४५

काठमाण्डु, २८ मंसिर – प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेसले सङ्घीयताअनुसार पार्टीको विधानलाई परिमार्जन गर्न बोलाएको महासमिति बैठक आजदेखि शुरु भएको छ । महासमिति बैठकका लागि अधिकांश प्रतिनिधि काठमाण्डु आइसकेका पार्टी कार्यालयले जनाएको छ । महासमिति सदस्यलाई केन्द्रीय कार्यालयमा आज अपरान्ह २ देखि ५ बजेसम्म...

देउवाले मागे गगन र रामचन्द्रको राजीनामा !

२०७५ मंसिर २८ गते १२:३९

काठमाण्डु, २८ मंसिर – नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल र गगन थापाको राजीनामा माग गरिएको छ । सभापति शेरबहादुर देउवाले आफूले मनोनित गरेका सदस्यहरुले आफ्नो विरोध गरेको भन्दै केन्द्रीय समितिबाट राजीनामाको माग गरेका हुन् । १३ औँ महाधिवेशनमा सभापति र महामन्त्रीमा क्रमशः पौडेल...

मन्त्री पुनद्वारा सिँचाइ आयोजनाको निरीक्षण

२०७५ मंसिर २८ गते ११:२५

कलैया, २८ मंसिर – ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले आज बारा जिल्लामा रहेका विभिन्न सिँचाइ तथा तटबन्ध योजनाहरूको अनुगमन निरीक्षण गरेका छन् । बङ्गुरी खोलामा बाढी आएर त्यस क्षेत्रका स्थानीयहरूको उठीबास नै हुने स्थिति भएपछि सरकारले सो खोलामा तटबन्ध निर्माण गरेको थियो ।...

सरकारको आलोचनामा उत्रिए कमल थापा

२०७५ मंसिर २८ गते १०:५७

सुर्खेत, २८ मंसिर –राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले वर्तमान सरकारको कार्यकाल जनअपेक्षाअनुसार नभएको बताएका छन् । पार्टी कार्यकर्तालाई प्रदेशस्तरीय प्रशिक्षण दिन सुर्खेत पुगेका थापाले शुक्रबार बिहान पत्रकार सम्मेलन गरी सरकारको कामबारे टिप्पणी गरेका हुन् । ‘जतिबेला चुनाव थियो त्यतिबेला वर्तमान सरकारमा रहेको पार्टीले...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us