राजनीति

स्वागतमा एयरपोर्ट आएकी रेनुलाई ओलीले सोधेः छोरी सञ्चै छौं ?

२०८२ वैशाख ५ गते १६:२१

काठमाण्डू, ५ वैशाख– भरतपुर महानगरपालिकामा निर्मित ६ लेन सडक उद्घाटन कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओली र भरतपुर महानगरपालिकी मेयर रेनु दाहालबीच सौहार्दता झल्किएको छ । प्रधानमन्त्रीलाई स्वागत गर्न रेनु भरतपुर विमानस्थलमै पुगेकी थिइन् । ०७७ सालमा यो सडकको शिलान्यास त्यसबेला पनि प्रधानमन्त्री रहेका ओलीले...

संविधान विरोधी गतिविधि स्वीकार्य छैनः गृहमन्त्री लेखक

२०८२ वैशाख ५ गते १५:५०

काठमाण्डू, ५ वैशाख– गृहमन्त्री रमेश लेखकले संविधान विरोधी कुनै पनि गतिविधि स्वीकार्य नभएको बताएका छन । आज (शुक्रबार) कास्कीको पोखरामा गण्डकी प्रदेशस्तरीय सुरक्षा गोष्ठीको उद्घाटन गर्दै गृहमन्त्री लेखकले यस्तो बताएका हुन । गृहमन्त्री लेखकले भने,‘ पूर्वराजावादी या अरू कुनै पनि नाममा हुने संविधान विरोधी...

निषेधित क्षेत्र तोड्दै आन्दोलन चर्काउने राप्रपा प्रयास

२०८२ वैशाख ५ गते १५:३१

काठमाण्डू, ५ वैशाख– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले सामूहिक गिरफ्तारी दिएर आन्दोलन चर्काउने नीति लिएको । हिजो (बिहीबार) बसेको केन्द्रीय कार्य सम्पादन समितिको बैठकले आन्दोलनका कार्यक्रम घोषणा गर्दा सामूहिक गिरफ्तारी दिने नीति लिएको हो । पर्सि, ७ वैशाखबाट सुरु हुने आन्दोलनका कार्यक्रम अन्तर्गत पहिलो...

सुदूरपश्चिममा एमाले विवाद उत्कर्षमा, रावललाई दलको नेताबाट हटाउन लेखराज–कर्ण एक ठाउँमा

२०८२ वैशाख ५ गते १४:१०

काठमाण्डू, ५ वैशाख– सत्ताको घटक दल एमालेले सुदूरपश्चिम र प्रदेश संसदीय दलभित्रको विवाद उत्कर्षमा पुगेको छ । केन्द्रमा केपी शर्मा ओलीनिकट नै रहेका नेताहरू प्रदेशमा एकअर्काको अस्तित्व स्वीकार गर्न तयार नभएपछि विवाद उत्कर्षमा स्रोत बताउँछ । माओवादी केन्द्रबाट आएका सचिव लेखराज भट्ट एमाले सुदूरपश्चिमको...

शिक्षकलाई जस्तै निजामती कर्मचारीलाई पनि सडकमै पुग्ने वातावरण नबनाऔंः महामन्त्री शर्मा

२०८२ वैशाख ५ गते १३:५७

काठमाण्डू, ५ वैशाख– सत्ताको प्रमुख घटकदल कांग्रेसका महामन्त्ती विश्वप्रकाश शर्माले निजामती कर्मचारीलाई सडकमै जाने वातावरण बनाउन नहुने बताएका छन । आज (शुक्रबार) राज्य, व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्ने क्रममा कांग्रेस महामन्त्री शर्माले यस्तो बताएका हुन । समिति बैठकमा शर्माले भने, ‘यहाँ आउदै गर्दा...

निजामती कर्मचारीलाई सडकमा जानबाट रोकौः हृदयराम थानी

२०८२ वैशाख ५ गते १२:४९

काठमाण्डू, ५ वैशाख–निजामती विधेयकको प्रतिवेदनमा सत्ताको प्रमुख घटक दल नेपालीका सांसद हृदयराम थानीले आफ्नो फरक राय प्रस्तुत गरेका छन् । आज शुक्रबार बसेको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै उनले फरक राय प्रस्तुत गरेका हुन । उनले कुलिन पिरियडको प्रस्तावमा अमिल्दो प्रावधान रहेको...

राज्य व्यवस्था समितिमा कर्मचारी ट्रेड युनियनको धर्ना

२०८२ वैशाख ५ गते १२:४२

काठमाण्डू, ५ वैशाख– निजामती कर्मचारीहरूले सिंहदरबारस्थित राज्य व्यवस्था समिति बैठक कक्षको अगाडि धर्ना दिएका छन । राज्य व्यवस्था तथा सुशासन समितिको बैठक बस्नुअघि संयुक्त ट्रेड युनियनको नेतृत्वमा कर्मचारीहरूले धर्ना दिएका हुन । ०८१ चैतको अन्तिम दिन आन्दोलनको चेतावनी दिएका कर्मचारीहरुले बिहीबार मात्रै विरोधका कार्यक्रम...

पञ्चायतकालीन अतिरिक्त सचिव अब चाहिंदैन: माओवादी केन्द्र

२०८२ वैशाख ५ गते १२:३९

काठमाण्डू, ५ वैशाख– प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रले निजामती कर्मचारीमा अतिरिक्त सचिव आवश्यक नरहेको प्रतिक्रिया दिएको छ । आज (शुक्रबार) प्रतिनिधि सभा अन्तरगतको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेले अतिरिक्त सचीव अनावश्यक नरहेको प्रतिक्रिया दिएका हुन...

‘सत्ता फेर्नु प्रचण्डको योग साधना हो, जहाँ फलामलाई सुन बनाउँछन्’

२०८२ वैशाख ४ गते १७:१९

काठमाण्डू, ४ वैशाख– प्रधानमन्त्रीका प्रमुख सल्लाहकार समेत रहेका एमाले उपमहासचिव विष्णु रिमालले पूर्व प्रधाननमन्त्री एवं नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालको अस्थिर चरित्रमाथि व्यंग्य गरेका छन । रिमालले अर्का उपमहासचिव प्रदीप ज्ञवालीको अभिव्यक्ति सेयर गर्दै दाहालमाथि थप व्यंग्य गरेका हुन । रिमालले ज्ञवालीको अभिव्यक्ति...

रास्वपा केन्द्रीय समितिको बैठक जारी

२०८२ वैशाख ४ गते १७:००

काठमाण्डू, ४ वैशाख– रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय समितिको बैठक जारी छ । रास्वपाका कार्यबाहक सभापति डीपी अर्यालको अध्यक्षतामा केन्द्रीय समिति बैठक सुरु भएको रास्वपाका प्रवक्ता मनिष झाले जानकारी दिएका छन । बैठकमा अघिल्लो बैठकको निर्णय, पार्टी गतिविधि, सदस्यहरूको संक्षिप्त रिपोर्टिङ...

दुई पूर्वप्रधानमन्त्रीलाई भ्रष्टाचार मुद्दा चलाउनुपर्ने मागसहितको मुद्दा हेर्दाहेर्दैमा

२०८२ वैशाख ४ गते १६:५५

काठमाण्डू, ४ वैशाख– ललिता निवास जग्गा अनियमितता प्रकरणमा पूर्व प्रधानमन्त्रीद्वय माधव कुमार नेपाल र डा. बाबुराम भट्टराईलाई पनि अनुसन्धानको दायरामा ल्याउनुपर्ने मागलाई सर्वोच्च अदालतले निरन्तर सुनुवाइ गरी टुंग्याउने भएको छ । प्रधानन्यायाधीश प्रकाशमान सिंह राउत अनि न्यायाधीशहरू टेकप्रसाद ढुंगाना र नित्यानन्द पाण्डेयको इजलासले ललिता...

गाह्रो भएको भए प्रधानमन्त्रीकै टिम बनाऔं, हामी बाहिर बस्छौंः विश्वप्रकाश शर्मा

२०८२ वैशाख ४ गते १६:४०

काठमाण्डू, ४ वैशाख– कांग्रेस महामन्त्री विश्वप्रकाश शर्माले कांग्रेसका कारण सरकारमा काम गर्न अप्ठेरो भएको भए खुलेर भन्न आग्रह गरेका छन । महामन्त्री शर्माले कांग्रेस सत्तापक्षकै बेन्चमा बसेर पनि सरकारका कमी कमजोरीप्रति प्रश्न गर्ने ठाउँमा हुनुपर्ने बताए छन । आफू संलग्न सरकारको सफलताको लागि बोल्नु...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us