पत्रपत्रिकाबाट

धेरै वर्षसम्म माधव नेपालका सहयोगी थिए केपी ओली !

२०७८ भदौ ३ गते ६:५२

काठमाण्डु, ३ भदौ– राष्ट्रपति विद्यादेवी भण्डारीले राजनीतिक दलसम्बन्धी अध्यादेश प्रमाणीकरण गरेपछि एमाले विभाजन भएको छ । १४ वर्षभन्दा बढी समय एमाले नेतृत्व गरेका पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल नेतृत्वमा नयाँ दल गठन भएको छ । नयाँ दल गठनसँगै एमाले अध्यक्ष केपी शर्मा ओली र नेपालबीचको ३३...

माधव नेपालले तयार पारे नयाँ दलको विधान

२०७८ भदौ २ गते ७:०८

काठमाण्डु, २ भदौ– नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले नयाँ दल दर्ताको तयारी गरेका छन् । पार्टी अध्यक्ष केपी ओलीले मंगलबार वरिष्ठ नेता नेपालसहित १४ जना सांसदलाई कारबाहीको सिफारिस गरेपछि एमाले एकता संकटमा परेको छ । नेता नेपालले एक/दुई दिनमै नयाँ दल दर्ताको तयारी...

जसपाका १८ केन्द्रीय सदस्यले छाडे उपेन्द्रको साथ

२०७८ भदौ २ गते ७:०२

काठमाण्डु, २ भदौ– जनता समाजवादी पार्टी नेपालका १८ जना केन्द्रीय सदस्यसहित २० जनाले उपेन्द्र यादव समूह छाडेको घोषणा गरेका छन् । मंगलबार पत्रकार सम्मेलन आयोजना गर्दै बिष्णुजंग बस्नेतसहित १८ जना केन्द्रीय सदस्य र दुई जिल्ला सदस्यले जसपाको उपेन्द्र यादव समूह परित्याग गर्ने घोषणा गरेका...

सवारी लाइसेन्स छपाई बन्द

२०७८ भदौ २ गते ६:५६

काठमाण्डु, २ भदौ– यातायात व्यवस्था विभागले खालि कार्ड सकिएपछि लाइसेन्स छपाइ बन्द गरेको छ । अघिल्लो वर्ष बन्दाबन्दीकै बीच कार्ड छपाइ गरेर डेढ वर्षदेखि रोकिएका कार्ड बाँडेको विभागले यस वर्ष निषेधाज्ञाका बीच अन्य चाप नहुँदा पनि कार्ड छपाइको काम गर्न सकेन । कार्ड अभाव...

एमालेमा नयाँ तरंग

२०७८ भदौ १ गते ७:२६

काठमाण्डु, १ भदौ–  संसद् अधिवेशन अन्त्य भएसँगै राजनीतिक दलसम्बन्धी अध्यादेश आउने आशंकामा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेभित्र तरंग पैदा भएको छ । सरकारले सोमबार अचानक संसद् अधिवेशन अन्त्य गरेपछि एमालेका दुवै पक्ष आन्तरिक छलफलमा जुटेका छन् । अध्यक्ष केपी ओली निवासमा उनी पक्षका नेता...

सवारी लाइसेन्सको ट्रायल खोल्ने तयारी

२०७८ भदौ १ गते ७:२२

काठमाण्डु, १ भदौ–  यातायात व्यवस्था विभागले सवारीचालक अनुमतिपत्र (लाइसेन्स)को ट्रायल खुलाउन कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी)मा सिफारिश गर्ने भएको छ । मंगलवार सीसीएमसीमा ट्रायल खुलाउन सिफारिश गर्न लागिएको विभागका महानिर्देशक नवराज घिमिरेले बताए । निषेधाज्ञा खुलेर चहलपहल बढ्दै गएकाले विभागले घिमिरेको नेतृत्वमा कार्यालयहरूसँग छलफल...

एमाले र जसपा फुटाउने तयारी

२०७८ भदौ १ गते ७:१८

काठमाण्डु, १ भदौ– सरकारले दल विभाजनसम्बन्धी अध्यादेश ल्याउने भएको छ । नेपाल कम्युनिस्ट पार्टी (एमाले) र जनता समाजवादी पार्टी नेपाल (जसपा) फुटाउने उद्देश्यले अध्यादेश ल्याउन लागेको चर्चा छ । एमाले वरिष्ठ नेता माधवकुमार नेपाल पक्ष र जसपा नेता महन्थ ठाकुर, राजेन्द्र महतो पक्षले हालको...

कुलमानविरुद्ध सर्वोच्च अदालतमा रिट

२०७८ भदौ १ गते ७:१५

काठमाण्डु, १ भदौ–  नेपाल विद्युत् प्राधिकरणका पूर्व कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले सोमबार कुलमान घिसिङको नियुक्तिविरुद्ध सर्वोच्च अदालतमा रिट निवेदन दायर गरेका छन् । पूर्व कार्यकारी निर्देशक शाक्यले आफ्नो कार्यकाल अझै बाँकी रहेको उल्लेख गर्दै आफ्नो पुनर्बहालीका लागि सरकारलाई आदेश दिन माग गर्दै सर्वोच्चमा रिट...

असोजभित्र थप एक करोड खोप ल्याइने

२०७८ साउन ३२ गते ७:०५

काठमाण्डु, ३२ साउन– प्रधानमन्त्री शेरबहादुर देउवाले  सरकारले  आगामी  असोजसम्म  कम्तीमा एक करोड खोप ल्याउने बताएका छन्  । प्रधानमन्त्री देउवाले हाल आइसकेको एक करोड आठ लाख खोपबाहेक असोजसम्म थप एक  करोड  खोप  मुलुकमा  ल्याइने  प्रतिबद्धता  जनाए । कोभिड–१९  को  महामारीले  सिर्जना  गरेको  चुनौती  र  जिम्मेवारीबारे...

रुपान्तरित हुने माओवादी प्रतिबद्धता

२०७८ साउन ३२ गते ७:०२

काठमाण्डु, ३२ साउन–  नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले पार्टीलाई रुपान्तरण गर्ने बताएका छन् । उनले समाजवादी पार्टी निर्माणलाई तात्कालिक राजनीतिक कार्यभार बनाउने संकल्पसहित रुपान्तरण गरेर चुनावमा फड्को मार्ने बताएका हुन्  । केन्द्रीय समितिको बैठकलाई आइतबार सम्बोधन गर्दै दाहालले पार्टीमा रुपान्तरण आवश्यक रहेकोमा जोड...

काठमाण्डु उपत्यकामा निषेधाज्ञामा कडाई गरिँदै

२०७८ साउन ३२ गते ६:५६

काठमाण्डु, ३२ साउन–  कोरोना संक्रमितको संख्या दिनहुँ बढ्दै गएपछि काठमाडौं उपत्यकामा निषेधाज्ञालाई थप कडा बनाउने तयारी गरिएको छ । स्वास्थ्यसँग सम्बन्धित निकायले काठमाडौं उपत्यकालाई ‘रेड जोन’मा राखेको भन्दै उपत्यकाका तीनै जिल्ला काठमाडौं, भक्तपुर र ललितपुरका प्रसासन कार्यालयले जारी निषेधाज्ञालाई थप कडाइ गर्ने तयारी गरेका...

काँग्रेसद्वारा संविधानलाई चुनौती

२०७८ साउन ३१ गते ७:२६

काठमाण्डु, ३१ साउन–  संविधानको मर्म छलेर कांग्रेसले चौथोपटक महाधिवेशन सारेको छ । क्रियाशील सदस्यताको विवाद समाधान नगरी संवैधानिक व्यवस्था मिचेर कांग्रेसले नयाँ कार्यतालिका ल्याएको छ  । सभापति शेरबहादुर देउवानिवासमा बसेको केन्द्रीय कार्यसमिति बैठकले शनिबार आगामी ९ देखि १३ मंसिरसम्म केन्द्रीय महाधिवेशन गर्ने गरी सर्वसम्मतले नयाँ...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us