पत्रपत्रिकाबाट

काँग्रेस अधिवेशनका लागि निर्वाचन अधिकृत खटाउने तयारी

२०७८ भदौ १० गते ७:२०

काठमाण्डु, १० भदौ– नेपाली काँग्रेसले एक/दुई दिनमा क्रियाशील सदस्यताको अन्तिम सूचीका साथ सबै जिल्लामा जिल्ला निर्वाचन अधिकृत खटाउने भएको छ । क्रियाशील सदस्यताको विवाद छिनोफानो भएसँगै १४औँ महाधिवेशनको प्रक्रिया सुरु गर्ने प्रयोजनका लागि निर्वाचन अधिकृतहरू खटाउन लागिएको हो । पार्टीबाट महाधिवेशन सम्पन्न गर्न गठित...

एमाले अध्यक्षमा दोहोरिने ओलीले चाहना

२०७८ भदौ १० गते ७:१६

काठमाण्डु, १० भदौ–  एमाले अध्यक्ष केपी ओलीले अझै एकपटक पार्टीको नेतृत्व गर्ने संकेत गरेका छन् । अनुकूल समयमा पार्टीको जिम्मेवारी हस्तान्तरण गर्ने बताउँदै उनले यस्तो संकेत गरेका हुन् । स्थायी कमिटी बैठकका निर्णयहरू सार्वजनिक गर्न बुधबार आयोजित कार्यक्रममा ओलीले कोही पनि व्यक्ति निर्विकल्प नहुने...

यी हुन् अर्बपति मन्त्री

२०७८ भदौ १० गते ७:१२

कठमाण्डु, १० भदौ– गण्डकी प्रदेशका मन्त्रीहरूको सम्पत्ति विवरण सार्वजनिक भएको छ । जसअनुसार गण्डकीमा अर्बपति मन्त्रीसमेत देखिएका छन् । कांग्रेसका कृष्णचन्द्र नेपाली पोखरेल नेतृत्वको प्रदेश सरकारमा ११ मन्त्री छन् । तीमध्ये मुख्यमन्त्री पोखरेलसहित नौ मन्त्रीले मंगलबार मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको वेवसाइटमार्फत सम्पत्ति विवरण सार्वजनिक...

ओलीले एमाले प्रवेश गरेका पूर्वमाओवादी नेताको जिम्मेवारी खोसे

२०७८ भदौ ९ गते ९:०६

काठमाण्डुृ, ९ भदौ–  दसबुँदे सहमति कार्यान्वयन गर्ने क्रममा पार्टी संगठन २०७५ जेठ २ गतेको अवस्थामा फर्कंदा नेकपा माओवादीबाट एमालेमा आएका नेताहरूको भने जिम्मेवारी खोसिएको छ । बैठकले ०७५ जेठ २ अघिकै संरचनामा पार्टीलाई लैजाने निर्णय गरेपछि उनीहरू स्थायी कमिटी सदस्यमात्रै भएका छन् । दसबुँदे...

माधव नेपाल र महन्थ ठाकुरको दल दर्ता आजै

२०७८ भदौ ९ गते ९:०२

काठमाण्डुृ, ९ भदौ– निर्वाचन आयोगले माधव नेपाल र महन्थ ठाकुरको दल आज बुधबार दर्ता गर्ने तयारी गरेको छ । नयाँ दल दर्ताका लागि निवेदन दिएका नेपालको दल ‘नेकपा एकीकृत समाजवादी’ र ठाकुरको दल ‘लोकतान्त्रिक समाजवादी पार्टी’लाई आवश्यक प्रक्रिया पु-याएर आयोगले बुधबार नै दर्ता गर्ने...

माधव नेपालद्वारा एमालेमा फर्कन अस्वीकार

२०७८ भदौ ८ गते ७:१४

काठमाण्डु, ८ भदौ– पूर्वप्रधानमन्त्री एवं एमालेका तत्कालीन वरिष्ठ नेता माधवकुमार नेपालले छुट्टै दल खोल्न निर्वाचन आयोगमा निवेदन दिएपछि अध्यक्ष केपी शर्मा ओलीले पार्टीको आन्तरिक विवाद सुल्झाउने भएका छन् । पार्टीभित्र नेपाल पक्षसँगै रहेका नेताहरूले विवाद सुल्झाउन असार २७ गरेको १० बुँदे सहमति अक्षरशः कार्यान्वयन...

महन्थ ठाकुर पनि ओली कित्ता छाडेर देउवातिर

२०७८ भदौ ८ गते ७:०९

काठमाण्डु, ८ भदौ– सरकारले राजनीतिक दलसम्बन्धी अध्यादेश ल्याएपछि प्रधानमन्त्रीसँग खुसी भएका लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर, राजेन्द्र महतो, शरत्सिंह भण्डारीलगायतका नेताहरूले सोमबार प्रधानमन्त्रीलाई भेटेर सरकारलाई आफ्नो सहयोग र समर्थन रहने प्रतिबद्धता व्यक्त गरेका छन् । लोसपाका नेताहरू सरकारमा जान पनि इच्छुक देखिएका छन्।...

भीम रावल र घनश्यामहरुलाई ओली एमालेमा प्रवेश निषेध !

२०७८ भदौ ७ गते ८:२१

काठमाणडु, ७ भदौ– नेकपा एमालेका तेस्रो धारका नेताहरूले १० बुँदे सहमति कार्यान्वयनमा जोड दिँदै आएको भए पनि अध्यक्ष केपी  ओली उनीहरूले भनेबमोजिम अघि नबढ्ने संकेत देखापरेको छ । पार्टी एकताका लागि अध्यक्ष ओली र वरिष्ठ नेता नेपाललाई दबाब दिँदै आएका तेस्रो धारका नेताहरूले १०...

उज्यालो नेपाल अभियान सञ्चालन गर्दै कुलमान घिसिङ

२०७८ भदौ ७ गते ८:१६

काठमाण्डु, ७ भदौ– सरकारी स्वामित्वका सार्वजनिक संस्थानहरूको दायित्व नागरिकलाई गुणस्तरीय सेवा दिनु हो । यही उद्देश्यमा आधारित भएर नेपाल विद्युत् प्राधिकरणले शहरी सौन्दर्यलाई अभिवृद्धि गर्ने लक्ष्यका साथ ‘उज्यालो र सफाइ शहर अभियान’ सञ्चालन गर्ने भएको छ । सरकारको घोषित उज्यालो नेपाल अभियानलाई फरक ढंगले...

मन्त्री शाहीमाथि महिला बलात्कारको आरोप, पीीडत भिडियोसहित प्रहरीमा

२०७८ भदौ ७ गते ८:११

काठमाण्डु, ७ भदौ–  कर्णाली प्रदेश सरकारका भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री कुर्मराज शाहीबाट महिलामाथि बलात्कार भइरहेको भिडियो सार्वजनिक भएको छ । केही दिनअघि पीडित महिला र उनका पति जिल्ला प्रहरी कार्यालय, सुर्खेतमा बलात्कारसम्बन्धी जाहेरी दिन गएका थिए।  ‘आफूमाथि बलात्कार भएको भन्दै एक महिला र...

मध्यमार्गी नेताहरूलाई पनि पार्टीभित्र ल्याउन चाहँदैनन् ओली

२०७८ भदौ ७ गते ८:०७

काठमाण्डु, ७ भदौ–  एमालेभित्रको विवाद नमिलेपछि पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले नयाँ दल गठन गरेपछि अध्यक्ष केपी  ओलीले मध्यमार्गी नेताहरूलाई पनि पार्टीभित्र ल्याउने चाहेका छैनन् । नेपाल पक्षका रहेका तर पार्टी विभाजन गर्न नहुने नेताहरूलाई पार्टी अध्यक्ष ओलीले असार २७ गते गरेको १० बुँदे कार्यान्वयन नगर्ने...

शेरधन राई संकटमा

२०७८ भदौ ६ गते ७:४७

काठमाण्डु, ६ भदौ–  नेकपा एमालेमा फुटसँगै प्रदेश १ को सरकार संकटमा परेको छ । प्रदेश १ मा शेरधन राईको नेतृत्वमा एमालेको बहुमतको सरकार छ । एमाले औपचारिक रूपमा फुट्ने निश्चितजस्तै भएपछि प्रदेश १ सरकारले प्रदेशसभाको चालु अधिवेशन अन्त्य गरेको थियो । प्रदेशसभामा अविश्वासको प्रस्ताव...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us