पत्रपत्रिकाबाट

आर्थिक सहायता र चन्दाका नाममा जथाभावी ६२ करोड वितरण

२०७८ भदौ १९ गते ८:१२

काठमाण्डु, १९ भदौ– विभिन्न स्थानीय तहले आर्थिक सहायता र चन्दाका नाममा आफूखुसी ६२ करोड ३ लाख १० हजार रुपैयाँ वितरण गरेका छन् । स्थानीय सरकार सञ्चालन ऐन, २०७४ मा स्थानीय तहको रकमबाट आर्थिक सहायता, चन्दा पुरस्कार एवं संस्थागत अनुदान वितरण गर्न पाउने व्यवस्था छैन...

मन्त्रिपरिषद विस्तार गर्न किन तयार भएनन् देउवा ?

२०७८ भदौ १९ गते ८:०९

काठमाण्डु, १९ भदौ– शेरबहादुर देउवा प्रधानमन्त्री निर्वाचित भएको ५० दिन नाघ्दा पनि मन्त्रिपरिषद्ले अझै पूर्णता पाउन सकेको छैन । गत २९ असारमा प्रधानमन्त्री पदमा नियुक्त भएका देउवालाई मन्त्रिपरिषद् पूर्णता दिन झन्पछि झन् सकस परिरहेको छ । आफ्नै दलभित्र मन्त्रीहरू छान्न सकस हुँदा र सत्तारूढ...

देउवाविरुद्ध पौडेल समूह एक ढिक्का

२०७८ भदौ १८ गते ७:५६

काठमाण्डु, १८ भदौ– नेपाली कांग्रेसभित्रको संस्थापनइतर मानिएको रामचन्द्र पौडेल समूहले पार्टीको आगामी १४औं महाधिवेशनमा संस्थापन पक्षविरुद्ध एक ढिक्का हुने घोषणा गरेको छ । बिहीबार पार्टी केन्द्रीय कार्यालय सानेपामा पत्रकार सम्मेलन गर्दै पौडेल समूहले १४औं महाधिवेशनमा आफ्नो समूह एक भएर सहमतिमा हालका सभापति देउवाविरुद्ध उम्मेदवारी दिने...

केपी ओली र माधव नेपालबीच प्रतिस्पर्धा

२०७८ भदौ १८ गते ७:५२

काठमाण्डु, १८ भदौ– पार्टी विभाजनपछि एमाले अध्यक्ष केपी ओली र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले नेता–कार्यकर्ता आफूतिर तान्न होडबाजी गरिरहेका छन् । एमाले अध्यक्ष ओलीले १० बुँदे सहमति कार्यान्वयनमा लैजाने र पार्टी संगठनका खाली पदमा विगतमा नेपाल समूहमा लागेका तर हाल एमालेमै रहेका नेता–कार्यकर्तालाई...

ओलीसँग एकाएक किन नजिकिए देउवा ?

२०७८ भदौ १८ गते ७:४७

काठमाण्डु, १८ भदौ– प्रधानमन्त्री शेरबहादुर देउवाले प्रमुख प्रतिपक्षी नेकपा एमालेका अध्यक्ष केपी ओलीसँगको सम्बन्ध सुधारलाई प्राथमिकतामा राखेर काम थालेका छन् । देउवाले एकातिर बैठक सुचारु गर्नुपर्ने अवस्था छ भने अर्कोतिर अमेरिकी सहयोगको मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) बाट प्राप्त ५० करोड अमेरिकी डलरको परियोजना संसद्बाट...

नेपालमा एक करोड बढीले लगाए कोरोनाविरुद्धको खोप

२०७८ भदौ १७ गते ७:२३

काठमाण्डु, १७ भदौ–  देशभर पहिलो र पूर्ण मात्रा खोप लगाउनेको सङ्ख्या एक करोड ९२ हजार १६४ जना पुगेको छ । दुई करोड १७ हजारमध्ये ५४ लाख २४ हजार ८३६ जनालाई पहिलो मात्रा र पूर्ण मात्रा लगाउने ४६ लाख ६७ हजार ३२८ जना पुगेको छ...

ओली सरकारले दिने भनेको सामाजिक सुरक्षा भत्ता वर्तमान सरकारले दिने

२०७८ भदौ १७ गते ७:२१

काठमाण्डु, १७ भदौ– केपी ओली नेतृत्वको तत्कालीन सरकारले गत आर्थिक वर्षको बजेटमार्फत वृद्धि गरेको सामाजिक सुरक्षा भत्ता वर्तमान सरकारले कार्यान्वयनमा ल्याउने भएको छ । तत्कालीन अर्थमन्त्री विष्णु पौडेलले बजेट भाषणमा सबै प्रकारको सामाजिक सुरक्षा भत्ता ३३ प्रतिशतले बढाउने निर्णय गरेकाले त्यसलाई सरकार परिवर्तन भए...

एमसिसी उपाध्यक्ष आउँदै छिन् नेपाल

२०७८ भदौ १७ गते ७:१७

काठमाण्डु, १७ भदौ– अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) की उपाध्यक्ष फतिमा सुमार नेपाल भ्रमणमा आउने भएकी छन् । ५० करोड अमेरिकी डलरको उक्त परियोजना नेपालमा लागु गर्ने विषयमा नेपाल सरकारसँग सन् २०१७ मै सम्झौता भए पनि कार्यान्वयन अघि बढ्न नसकिरहेका बेला उपाध्यक्ष...

माधव नेपाल र अग्नि सापकोटाविरुद्ध ओलीद्वारा सर्वोच्चमा रिट

२०७८ भदौ १७ गते ७:१२

काठमाण्डु, १७ भदौ– नेकपा एमालेका अध्यक्ष केपी  ओलीले नेकपा (एस) र सभामुख अग्निप्रसाद सापकोटालाई विपक्षी बनाएर सर्वोच्च अदालतमा बुधबार रिट दर्ता गराएका छन् । एमालेले कारबाही गरेका प्रतिनिधिसभाका सदस्यलाई सभामुख सापकोटाले पदमुक्त नगरी नयाँ पार्टी खोल्न सघाएको आरोप उनले लगाएका छन् । पार्टीले कारबाही...

मन्त्रिपरिषद विस्तार गर्न कानून अड्चन !

२०७८ भदौ १६ गते ७:२८

काठमाण्डु, १६ भदौ– सत्तारूढ दलका एकपछि अर्को स्वार्थ पूरा गर्नेतर्फ सत्ता गठबन्धन आबद्ध दलका नेताहरू अघि बढ्दा मन्त्रिपरिषद् विस्तारमा अझै केही दिन लाग्ने भएको छ । सत्तारूढ गठबन्धनमा आबद्ध दलमा आइपरेका एकपछि अर्को समस्याका कारण सरकार बनेको डेढ महिना पूरा हुँदासमेत मन्त्रिपरिषद् विस्तार हुन...

प्रहरीमा चोर बाटोबाट आएकाको रजगज

२०७८ भदौ १६ गते ७:२४

काठमाण्डु, १६ भदौ– २५ पुस २०५८, यो यस्तो दिन हो, जुन दिनलाई नेपाल प्रहरीका कतिपय अधिकृत अहिले पनि सम्झन चाहँदैनन् । सम्झिऊन् पनि कसरी ? त्यो दिनले उनीहरूको वृत्तिविकासमा नराम्रो असर पार्ने पक्कापक्की थियो, कालान्तरमा प-यो पनि । त्यस दिनको सरकारको निर्णयविरुद्ध ११२ र...

अमेरिकी डलरको तुलनामा नेपाली मुद्रा बलियो हुँदै

२०७८ भदौ १६ गते ७:२०

काठमाण्डु, १६ भदौ– अमेरिकी डलरको तुलनामा नेपाली मुद्रा बलियो हुँदै गएको पाइएको छ । पछिल्ला दिनहरूमा डलरको भाउ अवमूल्यन हुँदै गएको छ, फलस्वरूप डलरको तुलनामा नेपाली मुद्रा बलियो भएको हो । नेपाल राष्ट्र बैंकका अनुसार पछिल्लो ६ दिनमा मात्र डलरको मूल्य करीब २ रुपैयाँले...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us