पत्रपत्रिकाबाट

जन्मकैद पाएका ‘हत्यारा’ छाड्न सरकारको आदेश

२०७१ फागुन १४ गते ०:५०

काठमान्डु,१४ फागुन – दुई पुराना  निर्णय ब्युँताउँदै सरकारले कर्तव्य ज्यान र डाँकालगायत पाँच मुद्धामा जन्मकैद सजाय भोगिरहेका बाँके बेतहनी–१ का पप्पु भनिने नरेन्द्रकुमार चौधरीलाई मुद्धा फिर्ता लिएर उन्मुक्ति दिने भएको छ । चौधरीको मुद्धा फिर्ता लिने मन्त्रिपरिषद्को २०६९ असोज १८ को निर्णय कार्यान्वयन गर्न...

यस्ता छन् कर नतिर्ने पाँचतारे होटल

२०७१ फागुन १३ गते २:२९

काठमाण्डु, १३ फागुन– राजधानीमा सञ्चालित करिव ७ वटा पाँचतारे होटल र ४ वटा होटललाई तत्काल कर तिर्न महानगरपालिकाले पत्रचार गरेको छ । गत बैशाखमा भएको सहमति अनुसार कर तिर्न ताकेता गर्दा बेवास्था गरेपछि सो पत्रचार गरिएको जनाइएको छ । काठमाण्डु महानगरपालिका राजस्व महाशाखाका प्रमुख...

यी हुन काठमाण्डुमा तेल र ग्यासको हाहाकार मच्चाउने ‘डन’

२०७१ फागुन १३ गते १:५५

काठमाण्डु, १३ फागुन–तेल र ग्यास व्यवसायमा ‘डन’का रुपमा चिनिने एलपी ग्यास उद्योग संघका अध्यक्ष शिव घिमिरेलगायतले ग्यास माफियाहरुका कारण नेपालमा ग्यासको कृत्रिम अभाव देखिन पुगेको छ । नेपाल आयल निगममा कोटा अनुरुप ग्यास उपलब्ध हुँदै आए पनि घिमिरे लगायत ग्यास व्यवसायमा चलखेल गर्नेहरुका कारणले...

एकै व्यत्तिलाई ६४ मुद्दा, ७० करोड बिगोमा जम्मा पाँच लाख धरौटी

२०७१ फागुन १३ गते १:४५

काठमाण्डु, १३ फागुन– एकै व्यक्ति विरुद्द प्रहरीले ६४ मुद्दा दायर गरेको छ । पिपल्स फाइनान्सका संचालक मनोज रिमाललाई प्रहरीले बैँकिङ कसुरसम्बन्धि ६४ वटा मुद्दा दायर गरेको हो । तर, सबै मुद्दामा उनी पाँच लाख धरौटीमा छुटेका छन् । कर्जा प्रवमहमा अनियमितता गरेको भन्दै एक...

यसरी बचौं स्वाइन फ्लुबाट

२०७१ फागुन १३ गते १:२८

काठमाण्डु, १३ फागुन– तपाईंका आफन्त, साथीभाइ र छरछिमेकीलाई रुघाखोकी लागेको छ भने स्वाइन फ्लुको संक्रमणबाट जोगिन दुईचार दिन उनीहरुबाट एक मिटर परै बस्नुहोस् । उनीहरुको सम्पर्कमा जानै परे ‘सर्जिकल मास्क’ लगाएर मात्र जानु बेस हुन्छ । रुघाखोकीसँगै ज्वरो आउन थाले , धाँटी दुखे, सास...

७ वर्षीय बालिकाको टाउकाको कपाल उखाले शिक्षकले

२०७१ फागुन १३ गते १:२६

सल्यान, १३ फागुन– बिनाकारण एक जना शिक्षकले ७ वर्षीया बालिकाको कपाल उखालिदिएका छन् । क्रेटिभ एकेडेमीका शिक्ष्क घनश्याम गिरीले कक्षा १ मा पढ्ने समीक्षा राईको कपाल उखालिदिएपछि बालिका विद्यालय जान डराउने गरेको अभिभावक बताउँछन् । होमवर्क देखाउन जाँदा ती शिक्षले बिनाकारण कपालको रौँ उखेलेको...

शैक्षिक भ्रमण भन्दै खासा पुर्‍याएर शिक्षकले गरे छात्रालाई बलात्कार

२०७१ फागुन १३ गते १:१३

पोखरा, १३ फागुन– ‘हिसाब सिकाइदिन्छु भन्दै सरले बोलाउनुहुन्थ्यो, जाँदा कपाल सुमसुमाउने, छाति मुसार्ने गर्नुहुन्थ्यो,’ आफूलाई पढाउने शिक्षकविरुद्व बलात्कारको अभियोगमा कारबाहीको माग राख्दै उजुरी दिएकी १४ वर्षीया एक छात्राले भनिन् ‘सर भएकोले केही पनि बोलिन । तर हामी मंसिरमा खासा भ्रमण जाँदा एउटै कोठामा सुतेको...

ओली र नेपालको झगडाले एमाले भातृ संगठनमा दुई चिरा

२०७१ फागुन १२ गते २:२२

काठमाण्डु, १२ माघ– नवौं महाधिवेशनमा मतपत्रमै ‘प्यानल’ बनाएर चुनाव लडेको एमाले अध्यक्ष केपी शर्मा ओली र पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल पक्षबीचको विवादका कारण पार्टीको भ्रातृ संगठनभित्र भाँडभैलो देखिएको छ । गुटगत विवादकै कारण महाधिवेशन भएको आठ महिना बित्दा पनि अध्यक्ष ओलीले पार्टीका केन्द्रीय नेताहरूको कार्य...

नेपालमा स्वाइन फ्लुको महामारी फैलने खतरा

२०७१ फागुन १२ गते २:१८

काठमाण्डु, १२ फागुन– राजधानीमा थप तीन जनामा स्वाइन फ्लुको संक्रमण देखापरेको छ । टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा थुक परीक्षण गर्दा थप तीनजनामा संक्रमण देखिएको सोमबार पुष्टि भए पनि रिपोर्ट सार्वजनिक भइसकेको छैन । यसअघि भारतबाट फर्किएका तीन जनासहित पाँचजनामा संक्रमण पुष्टि भइसकेको छ ।...

जसको छ तीन श्रीमती र २० भन्दा बढी गलफ्रेन्ड

२०७१ फागुन १२ गते २:१२

काठमाण्डु, १२ फागुन– बिहे र प्रेमको नाटक गरेर वर्षौदेखि ठगी धन्दा चलाउँदै आएका युवक पक्राउ परेका छन् । व्यक्तिपिच्छे फरक–फरक परिचय दिई ठगी गर्दै आएका झापा धरमपुर–२ का वीरबल तामाङलाई प्रहरीले पक्राउ गरेको हो । अनुसन्धानका क्रममा उनका तीन श्रीमती र २० भन्दा बढी...

प्रधानमन्त्रीलाई पद छाड्न दबाब

२०७१ फागुन १२ गते २:१०

काठमान्डु,१२ फागुन – कांग्रेसका वरिष्ठ नेता शेरबहादुर देउवापक्षीय नेताहरुले सहममिा संविधानजारी गर्न राष्ट्रिय सरकार गठन प्रक्रिया अघि बढाउनुपर्ने धारणा राखेका छन् । उनीहरुले प्रधानमन्त्री सुशील कोईरालालाई काम गर्न नसके पद त्याग्न पनि सुझाव दिएका छन् । प्रधानमनत्री निवास बालुवाटारमा सोमबार बसेको केन्द्रीय समिति बैठकमा उनीहरुले...

खाग तस्करीको खुल्यो जालो

२०७१ फागुन १२ गते २:०७

काठमान्डु, १२ फागुन – दुर्लभ वन्यजन्तु एकसिंगे गैंडाको खाग तस्किरीको जालो कहाँबाट कहाँसमम फैलिएको होला ? यसको नाइके को होला ? किन र कहाँ खपत भईरहेको होला नेपालबाट विसं २०५५–२०५६ बाट संगठित रुपमै लगातार गैंडा मारिने र खाग चोरी हुने क्रम बढे पनि प्रहरीले...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us