अर्थ

सरकार थप ३ वटा जलविद्युत आयोजनाको काम अघि बढाउँदै

२०७१ फागुन २८ गते ११:३२

काठमाण्डु,२८ फागुन- सरकारले थप तीन जलविद्युत् आयोजनालाई विकास समितिमार्फत निर्माण प्रक्रिया सुरु गर्ने भएको छ । बूढीगण्डकी र नलसिंहगाड जलविद्युत् आयोजना जस्तै गरी विकास समितिको ढाँचामा अगाडि बढाउन लागिएका आयोजनामा माथिल्लो अरुण,तल्लो अरुण र नौमुरे जलविद्युत् आयोजना रहेको छ । सरकारले ती आयोजनाको चर्चा...

राजधानीमा सुुरु भयो अन्तर्राष्ट्रिय व्यापार मेला

२०७१ फागुन २८ गते ११:०१

काठमाण्डु,२८ फागुन- स्वदेशी तथा विदेशी उत्पादनको बजार प्रबद्र्धन गर्ने उद्देश्यकासाथ बिहिबारदेखि चौथो नेपाल अन्तर्राष्ट्रिय व्यापार मेला भृकुटीमण्डपमा सुरु भएको छ । वाणिज्य तथा आपूर्ति मन्त्रालयको सहयोगमा नेपाल उद्योग वाणिज्य महासङ्घको आयोजनामा सुरु भएको सो मेलाको उद्घाटन वाणिज्य तथा आपूर्तिमन्त्री सुनिलबहादुर थापाले गरेका हुन् ।...

मुस्ताङको वार्षिक बजेट ९६ करोड

२०७१ फागुन २८ गते ९:५६

मुस्ताङ,२८ फागुन- आर्थिक वर्ष २०७२/७३ का लागि जिल्ला विकास समिति मुस्ताङले करिब ९६ करोड रुपैयाँको बजेट प्रस्ताव गरेको छ । बिहीबार सदरमुकाम जोमसोम सम्पन्न सातौँ जिल्ला परिषदमा स्थानीय विकास अधिकारी बलदेवप्रसाद जोशीले चालु र पूँजीगततर्फ गरी ९५ करोड ८७ लाख ७६ हजार २ सय...

संकटमा पर्दै वीरगञ्जका पानी उद्योग

२०७१ फागुन २८ गते ९:३८

वीरगन्ज,२८ फागुन- वीरगन्जमा अस्वस्थ्य प्रतिस्पर्धाका कारण पानी उद्योगहरु सङ्कटमा पर्न थालेका छन् । बजारको अवस्था अध्ययन नै नगरी पानी उद्योग सञ्चालनका लागि जथाभावी अनुमति दिँदा अस्वस्थ्य प्रतिस्पर्धा भई उद्योग नै धराशायी हुने अवस्थामा पुगेका हुन् । अस्वस्थ प्रतिस्पर्धाका कारण यस्ता उद्योगबाट उत्पादित पानीको बिक्री...

करोडौंको योजना अलपत्र पार्दै निर्माण व्यावसायी

२०७१ फागुन २८ गते ८:४०

गोरखा,२८ फागुन- निर्माण व्यवसायीको लापरबाहीले गोरखा जिल्लाका विभिन्न ठाउँमा सुरु भएका करोडौँको योजना अलपत्र परेको छ । निर्माण सामग्री ९ग्राभेल–ढुङ्गा,गिट्टी,वालुवा० नभएको कारण देखाएर गोरखाका निर्माण व्यवसायीले करोडौँका योजना अलपत्र छाडेका छन् । समय सकिनै लाग्दा पनि काम पूरा नगरेको भन्दै जिल्लास्थित सडक कार्यालयले निर्माण...

वर्षाका कारण गुम्बा भत्किँदा २५ लाख क्षति

२०७१ फागुन २८ गते ७:३३

डोल्पा,२८ फागुन- जिल्लाको त्रिपुराकोट गाविस–८ रसी गाउँमा रहेको रसी रुम्बे टुम्बे गुम्बा भत्किँदा २५ लाख बराबरको क्षति भएको छ । बौद्धमार्गीहरुको आस्थाको धरोहर यो गुम्बा पाँच दिनअघि परेको हिउँ र वर्षाका कारण बिहिबार बिहान भत्केको शेरबहादुर बुढाले बताए । उक्त गुम्बामा पुराना बुद्धका मूर्ति...

विद्युत् महसुल नबुझाउने दुई सय ५५ जनाको लाइन कट्

२०७१ फागुन २८ गते ६:३३

महोत्तरी, २८ फागुन– नेपाल विद्युत् प्राधिकरण शाखा वितरण केन्द्र जलेश्वर महोत्तरीले विद्युत् महसुल नबुझाउने दुई सय ५५ जनाको लाइन काटेको छ । जिल्लाभरिमा ६० दिनभन्दा बढीको विद्युत् महसुल बाँकी रहेकाको लाइन काट्ने अभियानअन्तर्गत विद्युत् प्राधिकरण शाखा जलेश्वरले जिल्लाका विभिन्न ठाउँका दुई सय ५५ जनाको...

काभ्रेमा सवा तीन अर्बभन्दा बढीको बजेट

२०७१ फागुन २७ गते ११:४५

काभ्रे, २७ फागुन – जिल्ला विकास समिति काभ्रेपलाञ्चोकले आर्थिक वर्ष २०७२÷७३ का लागि सवा तीन अर्ब बढीको बजेट सार्वजनिक गरेको छ । जिविसले बुधबार धुलिखेलमा तीन अर्ब २६ करोड ६८ लाख ३० हजार बराबरको बजेट, नीति तथा कार्यक्रम सार्वजनिक गरेको हो । जिविसको २३औँ...

बालबालिकामाथिको लगानी न्यून, खर्च क्षमता पनि कमजोर

२०७१ फागुन २७ गते १०:५८

काठमाण्डु, २७ फागुन– बालबालिकासँग प्रत्यक्ष सरोकार राख्ने मुख्य छवटा मन्त्रालयले यस क्षेत्रमा लगानी गरिरहेको भए पनि बालबालिकाका लागि विनियोजित हुने रकम न्यून भएको र खर्चको क्षमता पनि कमजोर रहेको पाइएको छ । बालबालिका शान्ति क्षेत्र तथा बाल संरक्षण राष्ट्रिय अभियान ९सिजप० र बाल सहभागितामा...

शेष घले भन्छन्, ‘शिक्षा र स्वास्थ्यमा लगानी गर्न कन्जुस्याँई नगरौं’

२०७१ फागुन २६ गते ११:१६

काठमाण्डु, २६ फागुन– गैर–आवासीय नेपाली संघ (एन.आर.एन.ए) का अध्यक्ष शेष घलेले शिक्षा र स्वास्थ्यमा सबैले आ–आफ्नो ठाउँबाट खुलेरै लगानी गर्नुपर्ने बताएका छन् । मंगलबार रिपोर्टर्स क्लब नेपालको साक्षात्कारमा बोल्दै अध्यक्ष घलेले शिक्षा र स्वास्थ्यमा जो कोहीले पनि खुलेर लगानी गर्नुपर्ने बताएका हुन् । सशक्त...

चिनियाँ छिन्ताओ बियर नेपाली बजारमा

२०७१ फागुन २६ गते ११:०८

काठमाण्डु,२६ फागुन– लभ्लि बेभरेज कम्पनी लिमिटेड क्विनदावोद्वारा उत्पादित ‘छिन्ताओ बियर’ नेपालमा भित्रिएको छ । मंगलबार पहिलोपटक आयतित ‘छिन्ताओ बियर’को उद्घाटनमा उद्योग मन्त्री महेश बस्नेतले नेपाल र चीनको सम्बन्धमा यसले थप सहयोग पुग्ने बताए । चीनमा १ सय ११ वर्ष पहिले उत्पादन भएको ‘छिन्ताओ बियर’...

सुदुरपश्चिममा मेगा र सक्षमको आर्थिक उत्थान अभियान

२०७१ फागुन २६ गते १०:४९

काठमाण्डु,२६ फागुन- वित्तीय सेवाबाट वञ्चित भएका मध्य तथा सुदूरपश्चिमाञ्चल विकास क्षेत्रका ६ जिल्लाका विपन्न वर्गको आर्थिक उत्थानका निम्ति मेगा बैंक र सक्षम नामक वित्तीय सेवा प्रदायक निकायबीच सहकार्यको सम्झौता भएको छ । राजधानीमा मंगलबार आयोजित एक कार्यक्रममा उक्त बैंकका प्रमुख कार्यकारी अधिकृत अनिलकेशरी शाहले...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us