अर्थ

भेरी–बबईको सुरुङ निर्माण द्रुत गतिमा

२०७५ असोज २४ गते १५:२७

सुर्खेत, २४ असोज – भेरी –बबई बहुउद्देश्यीय डाइभर्सन आयोजनाको सुरुङ निर्माण लक्ष्य अगावै सम्पन्न हुने भएको छ । नेपालमा पहिलो पटक प्रयोगमा ल्याइएको टनेल बोरिङ मेशिन (टिबिएम) ले ११ महीनामा भेरी बबईको ८.३ किलोमिटर सुरुङ निर्माण सम्पन्न गरेको छ । भेरीको पानीलाई १२ किमी...

यी ठाउँका बासिन्दालाई खुसीको खबर, हिमालयन ऊर्जाले १० लाख कित्ता शेयर बेच्दै

२०७५ असोज २४ गते १२:०२

काठमाण्डु, २४ असोज – हिमालयन ऊर्जा विकास कम्पनी लिमिटेडले नौ लाख ९० हजार कित्ता बराबरको साधारण शेयर बिक्री गर्ने भएको छ । कम्पनीले आयोजना प्रभावित रामेछापको गोकुल गङ्गा गाउँपालिकाका २, ३, ४ र ५ वडा र दोलखाको जिरी नगरपालिका ३, तामाकोशी गाउँपालिकाको ५ र...

रुदी ‘ए’ को निर्माण सम्पन्न

२०७५ असोज २४ गते ११:१०

काठमाण्डु, २४ असोज – पछिल्लो दिनमा निजी क्षेत्रले निर्माण गरिरहेका जलविद्युत् आयोजनाको निर्माण कार्य धमाधम सम्पन्न हुने चरणमा पुगेका छन् । सरकारी स्वामित्व एवं लगानीका आयोजनाको निर्माण कार्यमा आशातित प्रगति नभइरहेको बेला निजी क्षेत्रले आक्रामक रूपमा आयोजना निर्माण सम्पन्न गर्न थालेका हुन् । केही...

विदेशी मुद्राको भाउ निरन्तर उकालो लाग्यो, आज कति ?

२०७५ असोज २४ गते ११:००

काठमाण्डु, २४ असोज – नेपाल राष्ट्र बैंकले मंगलबार तोकेको विदेशी मुद्राको विनिमय दर निरन्तर उकालो लाग्दै गइरहेको छ । नेपाल राष्ट्र बैंकका अनुसार एक साउदी रियालको खरिददर ३१ रुपैयाँ ६६ पैसा र बिक्रिदर ३१ रुपैयाँ ८२ पैसा रहेको छ । त्यस्तै, कतारी रियाल एकको...

यस्तो छ नेपाल टेलिकमको दसैँ अफर

२०७५ असोज २३ गते १७:५२

काठमाण्डु, २३ असोज – नेपाल टेलिकमले नेपालीहरुको आसन्न महान चाड विजया दशमीको उपलक्ष्यमा दिने सेवा सुविधाहरु सार्वजनिक गरेको छ । टेलिकमले दसैँको अवसरमा अनलिमिटेड भ्वाइस तथा एसएमएस प्याक दिने घोषणा गरेको छ । अनलिमिटेड प्याक अन्तर्गत जीएसएम तथा सीडीएमए मोबाइलमा अनलिमिटेड भ्वाइस र अनलिमिटेड...

अन्तर्राष्ट्रिय मुद्रा कोषले भन्योः विश्वको आर्थिक वृद्धिदर ३ दशमलब ७ प्रतिशत

२०७५ असोज २३ गते १७:१५

वासिङ्टन, २३ असोज – अन्तर्राष्ट्रिय मुद्रा कोषले बढ्दो व्यापारिक तनाव र ऋणको भारका कारण यस वर्ष (सन् २०१८) को विश्वको आर्थिक वृद्धिदर ३ दशमलव ७ प्रतिशतको हाराहारीमा रहने नयाँ प्रक्षेपण सार्वजनिक गरेको छ । आगामी वर्ष आर्थिक वृद्धिमा कमी आउन सक्ने कोषको भनाइ छ...

दाङमा गजराज सिमेन्टले उत्पादन थाल्यो

२०७५ असोज २३ गते १५:२०

लमही, २३ असोज – दाङमा अर्को सिमेन्ट उद्योगले उत्पादन शुरु गरेको छ । यसअघि दाङको घोराहीबाट सगरमाथा सिमेन्ट र दूधरासबाट सोनापुर सिमेन्ट उत्पादन हुँदै आएको थियो भने अहिले लमहीबाट गजराज सिमेन्ट उत्पादन शुरु भएको छ । लमही नगरपालका थालेको उद्योगका प्रबन्ध निर्देशक वासु पाण्डेले...

मन्त्री बुढाको पहलमा विद्यार्थी बोक्दै नेपाल एयरलाइन्स

२०७५ असोज २३ गते १३:३०

डोल्पा, २३ असोज – डोल्पाबाट निर्वाचित सांसद तथा सङ्घीय सरकारका पर्यटन राज्यमन्त्री धनबहादुर बुढाको पहलमा नेपाल एयरलाइन्सले डोल्पाली विद्यार्थी बोक्न शुरु गरेको छ । प्रत्येक वर्ष दशैँमा घर जानका लागि हवाई टिकटको सास्ती खेप्दै आएका डोल्पाली विद्यार्थीलाई मध्यनजर राखी आजदेखि नेपाल एयरलाइन्सले विद्यार्थी लक्षित...

विद्युत चुहावट रोक्न उर्जामन्त्रीको सक्रियतामा भयो यस्तो सम्झौता

२०७५ असोज २३ गते १२:२६

काठमाण्डु, २३ असोज – नेपाल विद्युत् प्राधिकरणले विद्युत् चुहावट नियन्त्रणलाई मुख्य प्राथमिकतामा राखी ग्राहकसँग प्रत्यक्ष सम्पर्क राख्ने वितरण तथा ग्राहक केन्द्रका प्रमुखसँग कार्यसम्पादन सम्झौता गरेको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुन, सचिव एवं प्राधिकरण सञ्चालक समितिका अध्यक्ष अनुपकुमार उपाध्याय र सञ्चालक भक्तबहादुर...

विदेशी मुद्राको भाउ उकालो लाग्यो, कुनको कति पुग्याे ?

२०७५ असोज २३ गते ११:२६

काठमाण्डु, २३ असोज – नेपाल राष्ट्र बैंकले मंगलबार तोकेको विदेशी मुद्राको विनिमय दर अनुसार मंगलबार रियाल, दिर्हाम, रिंगिट र दिनारको मूल्य केही बढेको छ । एक साउदी रियालको खरिददर ३१ रुपैयाँ ५२ पैसा र बिक्रिदर ३१ रुपैयाँ ६८ पैसा रहेको छ । त्यस्तै, कतारी...

तनहुँ जलविद्युत् आयोजनाको डेढ करोड मुआब्जा वितरण

२०७५ असोज २३ गते १०:४२

दमौली, २३ असोज – एक सय चालिस मेगावाट क्षमताको तनहुँ जलविद्युत् आयोजना निर्माण गर्न आवश्यक थप जग्गाको लागि रु एक करोड ६३ लाख मुआब्जा वितरण गरिएको छ । आयोजनाले अधिग्रहण गर्न लागेको व्यास नगरपालिका–५ वेतेनीको ५० रोपनी जग्गाको मुआब्जा वितरण गरिएको आयोजनाका इञ्चार्ज इञ्जिनीयर...

अर्थशास्त्रतर्फको नोबेल पुरस्कार नोर्धाउस र रोमरले पाए

२०७५ असोज २२ गते १७:०७

स्टकहोम, २२ असोज – अमेरिकी विश्वविद्यालयका दुईजना अनुसन्धातालाई सन् २०१८ को अर्थशास्त्रतर्फको नोबेल पुरस्कार संयुक्तरुपमा प्रदान गर्ने घोषणा गरिएको छ । अमेरिकाको सुप्रसिद्ध येले विश्वविद्यालयका विलियम नोर्धाउसलाई जलवायू परिवर्तनलाई दिर्घकालीन समष्टीगत अर्थशास्त्रमा एकीकरण गर्नेसम्बन्धी अध्ययनका लागि तथा न्यूयोर्क विश्वविद्यालयका पल रोमरलाई प्रविधिगत नवीनतालाई समष्टीगत...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us