दोलखा, १७ कात्तिक– दोलखाको धार्मिक तथा पर्यटकीय क्षेत्र कालीञ्चोकमा आजबाट व्यावसायिक रुपमा केवलकार सञ्चालनमा आएको छ । दशैंअघि परीक्षण गरिएको केबुलकार शनिबारदेखि व्यावसायिक रुपमै सञ्चालनमा आएको हो । केबलकार सञ्चालनमा आएपछि जिल्लाको कालीञ्चोक गाउँपालिकास्थित कुरी हुँदै कालीञ्चोक र कालीञ्चोक हुँदै कुरी आवतजावत गर्ने दर्शनार्थी...
काठमाण्डु, १६ कात्तिक – स्याङ्जा हरिनास गाउँपालिकास्थित महिमा माविले प्राविधिक शिक्षासहितको बहुमुखी क्याम्पस सञ्चालनका लागि आयोजना गरेको महायज्ञमा रु दुई करोड ५३ लाख सङ्कलन भएको छ । स्थानीय मग्याम चिसापानीमा यही कात्तिक ५ गतेदेखि १५ गतेसम्म भएको महायज्ञमा विभिन्न सङ्घसंस्था तथा दाताबाट सो रकम...
काठमाण्डु, १६ कात्तिक – पछिल्लो समयमा वित्तीय क्षेत्रमा नेपाली महिलाको पहुँच क्रमशः बढ्दै गएको पाइएको छ । संयुक्त राष्ट्र सङ्घीय विकास कार्यक्रम(युएनडिपी) ले सार्वजनिक गरेको मानव विकास सूचकाङ्कको ‘वित्तीय संस्थामा महिलाका खाता’ शीर्षकमा सो विषय समावेश गरिएको छ । सन् २०११ देखि सन् २०१७...
काठमाण्डु, १५ कात्तिक– नेपाल धितोपत्र बोर्डले शेयर बजारका लगानीकर्तालाई कुनै पनि भ्रमममा नपर्न आग्रह गरेको छ । बोर्डले दोस्रो बजारका लगानीकर्तालाई भ्रममा नपरी सुझबुझपूर्ण ढङ्गले लगानी गर्न ध्यानाकर्षण गराएको छ । बोर्डले बिहीबार जारी गरेको विज्ञप्तिमा बजार हल्लाका भरमा नभई आधारभूत तथा प्राविधिक विश्लेषणसहित...
काठमाण्डु, १५ कात्तिक – रसुवामा निर्माणाधीन रसुवागढी र साञ्जेन जलविद्युत् कम्पनीले सर्वसाधारणका लागि शेयर बिक्रीको प्रक्रिया शुरु गरेको छ । स्थानीयवासीलाई शेयर बिक्री नगरिकनै ती कम्पनीले सर्वसाधारणलाई शेयर बिक्री गर्न लागेका हुन् । रसुवावासीले भूकम्पका कारण आफूहरु घर तथा आवास निर्माणमा लागेको र तत्काल...
काठमाण्डु, १५ कात्तिक – माथिल्लो तामाकोशी जलविद्युत् कम्पनीले रु एक अर्ब ५८ करोड बराबरको साधारण शेयर (आइपिओ) आजदेखि बिक्री शुरु गरेको छ । कम्पनीले आयोजना प्रभावित दोलखावासीलाई साधारण शेयर बिक्री र बाँडफाँट गरिसकेको छ । बुधबार मात्रै कम्पनीले दोलखावासीलाई साधारण शेयर बाँडफाँट गरेको हो...
चरिकोट, १५ कात्तिक – आयोजना प्रभावित दोलखावासीका लागि माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाले बुधबार साधारण शेयर बाँडफाँड गरेको छ । आवेदनको आधारमा ‘क’ वर्गले १०२ कित्ता, ‘ख’ वर्गले ४८ कित्ता र ‘ग’ वर्गले ३४ कित्ता शयेर पाएका छन् । आयोजना प्रभावित क्षेत्रको आधारमा दोलखावासीलाई क,...
जिरी, १४ कात्तिक – आयोजना प्रभावित दोलखाका स्थानीय बासिन्दाका लागि साधारण शेयर (आइपीओ) बिक्री गरेको चार महीनापछि माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाले आज शेयर बाँडफाँड गर्ने भएको छ । गत साउन १६ गतेदेखि बिक्री खुला गरेको कम्पनीले चार महीनापछि शेयर बाँडफाँड गर्न लागेको हो ।...
काठमाण्डु, १३ कात्तिक – राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगमको नयाँ ‘वाइडबडी’ विमानले पूर्ण क्षमतामा सञ्चालन भइरहेको छ । निगमको पहिलो वाइडबडी ‘ए’ ३३०–२०० ‘नाइन एन एएलवाइ’ कलसाइनको ‘अन्नपूर्ण’ र दोस्रो वाइडबडी ‘ए’ ३३०–२०० ‘नाइन एन एएलजेट’ कलसाइन ‘मकालु’ विमानले पुरानै गन्तव्यमा व्यावसायिक उडान गरिरहेको...
चितवन, १३ कात्तिक – जिल्लामा रहेका सरकारी कार्यालयले गत तीन महिनामा पूँजीगत खर्च १२ दशमलब ४४ प्रतिशत मात्र गरेका छन् । जिल्लामा निकासा भएको कूल पूँजीगत खर्च रु एक अर्ब ९० करोड ६४ लाख १५ हजारमध्ये चालु आर्थिक वर्षको तीन महिनामा रु २३ करोड...
काठमाण्डु, १३ कात्तिक – धितोपत्र बजार निरन्तर ओरालो लागेपछि सामूहिक लगानीका लागि स्थापना भएका म्युचअल फण्ड (सामूहिक कोष)को अवस्था पनि खराब देखिएको छ । नेपाल स्टक एक्सचेञ्जमा सूचीकृत भएका १३ वटा त्यस्ता फण्डमध्ये तीन वटाको मात्रै अवस्था राम्रो रहेको छ भने बाँकी रहेका १०...
काठमाण्डु, १३ कात्तिक – बेरोजगार युवालाई स्वरोजगार बनाउने लक्ष्यका साथ सरकारले स्थापना गरेको युवा तथा साना व्यवसायी स्वरोजगार कोषले भाका नाघेको रु ५१ करोड ६८ लाख ६४ हजार ४४१ रकम उठाउन पहल गरेको छैन । विभिन्न सहकारी संस्था वा व्यक्तिलाई स्वरोजगारका लागि भन्दै लगानी...