काठमाण्डु, २१ कात्तिक – सरकार र हेलिकोप्टर व्यवसायीबीचको छलफलका आधारमा हेलिकप्टरको नयाँ भाडादर निर्धारण गरिएको छ । पर्यटक उद्धार गर्दा हेलिकोप्टर व्यवसायीले मनलागी भाडा असुल गरेको गुनासो आएपछि सरकार र व्यवसायीबीच नयाँ भाडादरमा सहमति भएको हो । नयाँ भाडादर अनुसार उद्धारमा खटिने हेलिकोप्टरले प्रतिघण्टा...
काठमाण्डु, २० कात्तिक – नेपाल धितोपत्र बोर्डले चालू आर्थिक वर्षको पहिलो त्रैमासमा रु एक अर्ब ८८ करोड रकम बराबरको साधारण शेयर (आइपिओ) बिक्रीका लागि अनुमति दिएको छ । बोर्डले आफ्नो पछिल्लो विवरण सार्वजनिक गर्दै तीन जलविद्युत् कम्पनी र एक लघुवित्त संस्थालाई साधारण शेयर बिक्रीका...
काठमाण्डु, २० कात्तिक – धितोपत्र बजारमा आज शेयरको मूल्य पुनः दोहोरो अङ्कले वृद्धि भएको छ । पूर्ण स्वचालित अनलाइन कारोवार प्रणाली शुरु भएको आज पहिलो दिन कारोवार मापक नेप्से परिसूचक १० दशमलव ७९ बिन्दुले बढेर एक हजार २१८ दशमलव ०७ बिन्दुमा पुगेको छ ।...
काठमाण्डु, २० कात्तिक – अबदेखि सेयर कारोबार अनलाइनबाटै हुने भएको छ । लगानीकर्ताहरूले सेयर किनबेचका लागि ब्रोकरको कार्यालयसम्म धाउनुनपर्ने भएको छ । नेपाल स्टक एक्सचेञ्जले मंगलबारदेखि सेयर कारोबारलाई अनलाइन प्रणालीमा लगेपछि यो सम्भव भएको हो । अर्थमन्त्री डा. युवराज खतिवडाले होटल याक एन्ड यतिमा...
काठमाण्डु, २० कात्तिक – साल्ट ट्रेडिङ कर्पोरेसनले चिनीको भाउ घटाएको छ । कर्पोरेसन चिनी किलोमा दुई रुपैयाँ मूल्य घटाएर ६८ रुपैयाँमा बिक्री गर्न सुरु गरेको हो । यसअघि चिनी किलोको ७० रुपैयाँमा बिक्री गर्दै आएको थियो । तिहारलाई लक्ष्य गरी उपभोक्तालाई सहुलियत दिन चिनीको...
काठमाण्डु, २० कात्तिक – नेपाल राष्ट्र बैंकले मंगलबारका लागि तोकेको विदेशी मुद्राको सटही दर सोमबारको तुलनामा आज मंगलबार केही बढेको छ । नेपाल राष्ट्र बैंकका अनुसार एक साउदी रियालको खरिददर ३१ रुपैयाँ ११ पैसा र बिक्रिदर ३१ रुपैयाँ २७ पैसा रहेको छ । त्यस्तै,...
काठमाण्डु, १९ कात्तिक – सरकारले हालसम्म २४ हजार ६५६ मेगावाट क्षमताका जलविद्युत् आयोजनाहरुका लागि सर्वेक्षण अनुमति दिएको छ । सर्वेक्षण अनुमति पाएका ती आयोजनाको क्षमता आगामी दश वर्षमा उत्पादन गर्ने भनेर निर्धारण गरिएको लक्ष्यभन्दा करीब दश हजार मेगावाट बढी हो । सरकारले आगामी दश...
काठमाण्डु, १९ कात्तिक – मंगलबारदेखि शेयर कारोवार अनलाइन प्रणालीबाट हुने भएको छ । धितोपत्र बजारको नियामक निकाय नेपाल धितोपत्र बोर्डको निर्देशनअनुसार नेपाल स्टक एक्सचेञ्जले पूर्ण स्वचालित अनलाइन प्रणाली कार्यान्वयनमा ल्याउन लागेको हो । स्टकका प्रवक्ता मुरहरि पराजुलीले अनलाइन कारोवार प्रणालीको सुरुआत गर्न लागिएको जानकारी...
मुसिकोट, १९ कात्तिक – रुकुम पश्चिमको आठबीसकोट नगरपालिका–११ सिमबजारमा साबुन उद्योग सञ्चालनमा आएको छ । स्थानीय युवाको लगानीमा ‘ठूलोभेरी मल्टी प्रपोज कम्पनी प्रालि’मार्फत साबुन उद्योग सञ्चालन गरिएको हो । साबुन बनाउन आवश्यक कच्चापदार्थ चिउरी प्रशस्त पाइने भएकाले उद्योग सञ्चालन गरिएको कम्पनीका सहनिर्देशक वीरबहादुर कामीले...
काठमाण्डु, १८ कात्तिक – सरकारले कूल लक्ष्यको २७ दशमलव ५७ प्रतिशत राजश्व सङ्कलन गरेको छ । चालू आर्थिक वर्ष २०७५/७६ को हालसम्म रु दुई खर्ब ६० अर्ब ६८ करोड २६ लाख बराबरको राजश्व सङ्कलन गरेको छ । महालेखा नियन्त्रक कार्यालयका अनुसार शनिबारसम्म सो परिमाणको...
काठमाण्डु, १८ कात्तिक – धितोपत्र बजारमा आज अनपेक्षित गिरावट आएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोवार मापक नेप्से परिसूचक १३ दशमलव ७० विन्दुले घटेर एक हजार २०७ दशमलव ६४ विन्दुमा पुगेको छ । प्रतिशतका आधारमा आज करीब दुई प्रतिशतले बजारमा गिरावट आएको हो...
पर्सा, १८ कात्तिक – चालू आर्थिक वर्ष २०७५÷७६ को तीन महीनामा वीरगञ्ज भन्सार कार्यालयले लक्ष्यभन्दा रु पाँच अर्ब ४३ करोड बढी राजश्व सङ्कलन गरेको छ । चालू आवको साउनदेखि असोजसम्मका लागि कार्यालयले रु ३७ अर्ब ७५ करोड ३२ लाख लक्ष्य पाएकामा रु ४३ अर्ब...