अर्थ

नेपाल र म्यानमारका वाणिज्य संस्थाबीच व्यापार सम्झौता

२०७५ मंसिर १६ गते १५:१३

काठमाण्डु, १६ मंसिर – नेपाल र म्यानमारका चेम्बर अफ कमर्सबीच द्वीपक्षिय व्यापार सम्बन्धी समझदारी भएको छ । ‘नेपाल चेम्बर एक्स्पो २०१८’ को सन्दर्भ पारेर नेपाल चेम्बर अफ कमर्स र द रिपब्लिक अफ म्यानमार फेडेरेसन अफ चेम्बर्स अफ कमर्स एण्ड इन्डष्ट्री बीच समझदारीपत्रमा हस्ताक्षर भएको...

जोशी हाइड्रो पावरको साधारण शेयर बिक्री शुरु

२०७५ मंसिर १६ गते १३:५२

काठमाण्डु, १६ मङ्सिर – जोशी हाइड्रोपावर कम्पनीले आजदेखि प्राथमिक शेयर निष्काशन (आइपिओ) शुरु गरेको छ । कम्पनीले इलामको पूवा खोलामा तीन मेवागाट क्षमताको ‘माथिल्लो पिलुवा १’ जलविद्युत् आयोजना सञ्चालन गरिरहेको छ । कम्पनीले १५ लाख ५५ हजार २३३ कित्ता साधारण शेयर सर्वसाधारणलाई बिक्री गर्न...

तीन कम्पनीको शेयर मूल्य समायोजन

२०७५ मंसिर १६ गते १३:४८

काठमाण्डु, १६ मङ्सिर – नेपाल स्टक एक्सचेञ्जमा आज विभिन्न तीन कम्पनीको शेयर मूल्य समायोजन भएको छ । स्टकका अनुसार नागरिक लगानी कोष, नेशनल माइक्रोफाइनान्स कम्पनी र श्री इन्भेष्ट एण्ड फाइनान्स कम्पनीको शेयर मूल्य समायोजन भएको हो । ती कम्पनीले आर्थिक वर्ष २०७४–७५ को नाफाबाट...

यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर

२०७५ मंसिर १६ गते ११:१३

काठमाण्डु, १६ मंसिर – नेपाल राष्ट्र बैंकले आइतबार लागि तोकेको विनिमय दर अनुसार रियाल, रिंगिट, दिर्हाम लयागतका विदेशी मुद्रा मूल्य घटेको छ । एक साउदी रियालको खरिददर २९ रुपैयाँ ६० पैसा र बिक्रिदर २९ रुपैयाँ ७६ पैसा रहेको छ । त्यस्तै, कतारी रियाल एकको...

घट्यो सुनको मूल्य

२०७५ मंसिर १५ गते १२:२२

काठमाण्डु, १५ मंसिर – शनिबार आज नेपाली बजारमा सुनको मुल्य घटेको छ । तोलामा एक्कासी ३ सय रुपैयाले घटेको छ । हिजो प्रतितोला ५७ हजार ५ सय रुपैयामा किनबेच भैरहेको सुनको मूल्य आज ३ सय रुपैयाँले घटेको हो । सुनको मुल्य आज तोलामा ५७...

काबेली करिडोरः वन क्षेत्रको जग्गा प्रयोगका लागि स्वीकृति

२०७५ मंसिर १४ गते १६:१२

काठमाण्डु, १४ मंसिर – काबेली क्षेत्रमा उत्पादन भएको विद्युत् राष्ट्रिय प्रसारण प्रणालीमा जोड्न निर्माण हुने काबेली करिडोर प्रसारण लाइन निर्माणका लागि सरकारले मार्ग प्रशस्त गरिदिएको छ । रुख कटानीको स्वीकृति नहुँदा उक्त प्रसारण लाइन निर्माणमा ढिलाइ हुँदै आएको थियो । यही मङ्सिर १० गते...

घट्दो शेयर बजारः आरोलो लागे बीमा कम्पनीका शेयर

२०७५ मंसिर १४ गते १६:०५

काठमाण्डु, १४ मंसिर – शेयर बजार निरन्तर ओरालो लागेका कारण जीवन बीमा कम्पनीको शेयरसमेत घटेको छ । कुनै समय शेयर लगानीकर्ताका लागि आकर्षक मानिएका जीवन र निर्जीवन बीमा कम्पनीको शेयर घटेपछि लगानीकर्तालाई त्यसले नकारात्मक प्रभाव पारेको छ । बजार घटेर तीन वर्ष पहिलेको स्थानमा...

पर्यटन बोर्डको एक अर्ब ७५ करोड बजेट पारित

२०७५ मंसिर १४ गते १३:४०

काठमाण्डु, १४ मंसिर – नेपाल पर्यटन बोर्डले आव ७५÷७६ का लागि करिब रु एक अर्ब ७५ करोड बजेट विनियोजन गरेको छ । बोर्ड सञ्चालक समितिले आर्थिक वर्ष शुरु भएको करीब चार महीनापछि बजेट स्वीकृत गरेको हो । बजेटले पर्यटन बजार व्यवस्थापन तथा प्रवद्र्धन, जनसम्पर्क...

अब जलविद्युत् कम्पनीको शेयर पहिल्यै पाइने

२०७५ मंसिर १३ गते १६:२१

काठमाण्डु, १३ मङ्सिर – जलविद्युत् कम्पनीले स्थानीय आयोजना प्रभावितलाई साधारण शेयर बिक्री नगरिकनै आम नागरिकलाई बिक्री गर्न पाउने भएको छ । नेपाल धितोपत्र बोर्डले धितोपत्र निष्काशन तथा बाँडफाँट निर्देशिका संशोधन गरी नयाँ व्यवस्था गरिदिएको हो । रसुवागढी तथा साञ्जेन जलविद्युुत् कम्पनीको पहलमा बोर्डले नयाँ...

शेयर बजारः दोहोरो अङ्कले घट्यो

२०७५ मंसिर १३ गते १६:१४

काठमाण्डु, १३ मङ्सिर – धितोपत्र बजारमा आज शेयरको मूल्यमा दोहोरो अङ्कको गिरावट भएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोवार मापक नेप्से परिसूचक १० दशमलव ३७ बिन्दुले घटेर एक हजार १४८ दशमलव ७० बिन्दुमा झरेको छ । यस्तै ‘क’ वर्गका कम्पनीको शेयर कारोवार मापन...

सुनको भाउ घट्यो

२०७५ मंसिर १३ गते ११:३१

काठमाण्डु, १३ मंसिर – बिहीबार नेपाली बजारमा सुनको मूल्य एक सयले रुपैयाँले घटेको छ । बुधबार बजारमा छापावाल सुन प्रतितोला ५७ हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो भने आज फेरि घटेर बजारमा सुन प्रतितोला ५७ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी...

लमही–घोराही १३२ केभी प्रसारण लाइन अन्तिम चरणमा

२०७५ मंसिर १२ गते १२:३०

लमही, १२ मङ्सिर – दाङको लमही–घोराही १३२ केभी प्रसारण लाइनको निर्माण कार्य अन्तिम चरणमा पुगेको छ । निर्माण गर्नुपर्ने कुल ३८ टावर मध्ये ३६ वटाको निर्माण पूरा भइसकेको छ भने बाँकी दुईको निर्माण भइरहेको परियोजना प्रमुख दीपक गौतमले जानकारी दिए । नेपाल विद्युत् प्राधिकरणले...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us