तनहुँ, १९ मङ्सिर- जिल्लामा मासु उत्पादन वर्षेनी बढ्दै गएको छ । गत आर्थिक वर्षमा चार हजार ५७५ मेट्रिक टन मासु उत्पादन भएकामा यस वर्ष चार हजार ६९४ मेट्रिक टन मासु उत्पादन भएको छ । गत वर्षका तुलनामा यस वर्ष ११९ मेट्रिक टन बढी मासु...
कैलाली, १८ मङ्सिर- खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय धनगढीले कैलाली र कञ्चनपुरका खाद्य उद्योगको अनुगमन गर्ने क्रममा मापदण्ड नपुगेका आठ उद्योगको उत्पादन रोक्का गरेको छ भने एक उद्योगको उत्पादन फुकुवा गरेको छ । दुवै जिल्लाका २४ वटा पानी प्रशोधन तथा चिसो पेय पदार्थ...
कावासोती, १८ मङ्सिर- नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरमा यस वर्ष धान उत्पादनमा कमी आएको छ । यस वर्ष नवलपुुरमा ८९ हजार ७७९ मेट्रिक टन धान उत्पादन भएको छ । गत वर्ष यस जिल्लामा ९२ हजार ३९१ मेट्रिक टन धान उत्पादन भएको थियो । गत वर्षको...
काठमाण्डु, १७ मंसिर । उपत्यकामा केवलकार सञ्चालन गर्दै आएको चन्द्रागिरि हिल्स लिमिटेडले आजदेखि साधारण शेयर बिक्री गर्न थालेको छ । वाकम्पनीले स्थानीय आयोजना प्रभावितलाई आजदेखि साधारण शेयर बिक्री गर्न थालेको हो । नेपाल धितोपत्र बोर्डले कम्पनीलाई पहिलो चरणमा आयोजना प्रभावितलाई साधारण शेयर बिक्रीका लागि अनुमति...
काठमाण्डु, मंसिर १६ – खाद्य ऐन नमान्ने व्यवसायमध्ये पहिलो नम्बरमा प्रशोधित पिउने पानी उद्योग रहेको छ । यसरी खाद्य ऐन उल्लङ्घन गर्ने पानी उद्योगलगायत मापदण्डानुसार सञ्चालन नभएका व्यवसायलाई कानूनी कारवाही गरिएको खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले जनाएको छ । साउनदेखि कात्तिकसम्मको पहिलो चौमासिकमा...
कास्की, मंसिर १५ – राष्ट्रिय गौरवको निर्माणाधीन पुष्पलाल (मध्य पहाडी) राजमार्ग आयोजनाको कास्की खण्डमा कालोपत्रे शुरु गरिएको छ । कास्की खण्डअन्तर्गत पोखरा महानगरपालिका–२५ हेमजाको याम्दीदेखि माछापुच्छ«े गाउँपालिका–७ को घट्टेखोला खण्डमा निर्माण कम्पनीले सुइखेतबाट कालोपत्रेको काम आरम्भ गरेको हो । मध्यपहाडी राजमार्ग साविकको पोखरा–बागलुङ राजमार्ग...
सिरहा, मंसिर १५ – सिरहा र सप्तरीमा यस वर्ष धान उत्पादनमा वृद्धि भएको छ । समयमा वर्षा भएको, मौसम अनुकूल भएको र रोग किराको प्रकोप कम भएकाले यस वर्ष धान उत्पादनमा वृद्धि भएको हो । यस वर्ष सिरहामा ५४ हजार हेक्टर क्षेत्रफलमा प्रतिहेक्टर तीन...
धादिङ, मंसिर १५ – जिल्लामा चार महिनाको अवधिमा एउटै कम्पनीमार्फत रु एक अर्बको रेमिट्यान्स (विप्रेषण) भित्रिएको छ । चालु वर्ष २०७७/०७८ को साउनदेखि कात्तिक मसान्तसम्ममा धादिङमा कला इन्टरनेशनल प्रालिबाट रु ९९ करोड ८२ लाखभन्दा बढी रेमिट्यान्स भित्रिएको हो । जिल्ला भित्रिएको कुल रकममध्ये ९०...
काठमाण्डु, १५ मंसिर– चीनले नेपाली सेनासँगको सहकार्य र साझेदारीलाई थप सुदृढ तुल्याउन पाँच करोड युआन बराबरको सैन्य सहयोग उपलब्ध गराउने घोषणा गरेको छ । नेपाली सेनाको क्षमता अभिवृद्धि, उसलाई आवश्यक पर्ने प्रतिरक्षा सामग्री तथा कोभिड–१९ महामारीविरुद्धको प्रतिकार्यका निम्ति उक्त रकम प्रदान गर्ने घोषणा गरेको...
काठमाण्डु, १४ मंसिर– नेपाल उद्योग बाणिज्य महासंघको वरिष्ठ उपाध्यक्षमा व्यवसायी चन्द्र ढकाल निर्वाचित भएका छन् । प्रतिस्पर्धी किशोर प्रधानलाई फराकिलो मतान्तरले पराजित गर्दै ढकाल निर्वाचित भएका हुन् । जितसँगै ढकाल नवनिर्वाचित अध्यक्ष शेखर गोल्छापछि उद्योगी–व्यवसायीको साझा संस्था महासंघको नेतृत्वमा पुग्ने निश्चित भएको छ ।...
काठमाण्डु १२ मङ्सिर- सरकारले निर्माणाधीन गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थलमा विद्युत् आपूर्तिका लागि सौर्य प्रणाली (सोलार प्लान्ट) जडान गर्ने भएको छ । निर्माणको अन्तिम चरणमा रहेको सो विमानस्थलमा १० मेगावाट क्षमताको सौर्य प्रणाली जडान गर्ने विषयमा आज ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुन र संस्कृति, पर्यटन...
सिराहा, १० मंसिर – डिएपी मल आएपछि सिरहामा आजदेखि रासायनिक मलको बिक्री वितरण शुरु भएको छ । गहुँबाली लगाउनै लाग्दासमेत मल नपाएपछि निराश बनेका सिरहाका किसानलाई लहानस्थित कृषि सामग्री कम्पनी लिमिटेड र साल्टट्रेडिङ कार्पोरेशनले डिएपी मलको बिक्री वितरण शुरु गरेको हो । कृषि सामग्री...