चन्द्र ढकाल उद्योग बाणिज्य संघको वरिष्ठ उपाध्यक्ष निर्वाचित

काठमाण्डु टुडे २०७७ मंसिर १४ गते ६:५६ मा प्रकाशित

काठमाण्डु, १४ मंसिर– नेपाल उद्योग बाणिज्य महासंघको वरिष्ठ उपाध्यक्षमा व्यवसायी चन्द्र ढकाल निर्वाचित भएका छन् ।

प्रतिस्पर्धी किशोर प्रधानलाई फराकिलो मतान्तरले पराजित गर्दै ढकाल निर्वाचित भएका हुन् । जितसँगै ढकाल नवनिर्वाचित अध्यक्ष शेखर गोल्छापछि उद्योगी–व्यवसायीको साझा संस्था महासंघको नेतृत्वमा पुग्ने निश्चित भएको छ । ढकालले एसोसिएटतर्फ ५२२ वस्तुगततर्फ ५९ र जिल्ला–नगरतर्फ ५२ मत ल्याए ।

यस्तै प्रधानले एसोसिएततर्फ वस्तुगततर्फ ३७५, वस्तुगततर्फ ३९ र जिल्ला नगरतफ ५३ मत पाए । वस्तुगत र जिल्ला नगरतर्फको उपाध्यक्षमा क्रमशः प्रधान समूहका अञ्जन श्रेष्ठ र दिनेश श्रेष्ठ निर्वाचित भए । एसोसिएट्सतर्फ भने ढकाल समूहका रामचन्द्र सांघाई निर्वाचित भए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us