शिक्षकका जायज मागहरू सम्बोधन गर्न सरकार अनुदार देखियोः वर्षमान पुन

२०८२ वैशाख १६ गते १८:३९

काठमाण्डू, १६ वैशाख– प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनले सरकार शिक्षकहरूका जायज मागहरूलाई सम्बोधन गर्न अनुदार बनेको आरोप लगाएका छन । आज (मंगलबार) बसेको प्रतिनिधिसभा बैठकपछि संसद् भवन परिसरमा सञ्चारकर्मीलाई संक्षिप्त प्रतिक्रिया दिँदै माओवादी सांसद पुनले यस्तो बताएका हुन । उनले...

यार्सागुम्बा व्यापारी बनेर ३६ लाख ठगेको आरोपमा एक जना पक्राउ

२०८२ वैशाख १६ गते १८:३३

काठमाण्डू, १६ वैशाख– प्रहरीले र्सागुम्बाको व्यापार व्यवसाय गर्ने भन्दै प्रलोभनमा पारेर ठगी गरेको आरोपमा एक युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा जाजरकोटको नलगाँड नगरपालिका–७ दल्ली घर भएका ४१ वर्षीय दीपेन्द्र सिंह रहेको प्रहरीले जानकारी दिएको छ । उनलाई काठमाण्डू उपत्यका अपराध अनुसन्धान कार्यालयको...

कीर्तिपुर मात्रै होइन, जुनसुकै डाँडामा बसेर लाखौं कमाउन सम्भव छः गगन थापा

२०८२ वैशाख १६ गते १८:२८

काठमाण्डू, १६ वैशाख– कांग्रेस महामन्त्री गगन थापाल कुनै पनि डाँडामा बसेर लाखौं रुपैयाँ कमाउने सपना सम्भव भएको दोहोराएका छन । आज (मंगलबार) पार्टी केन्द्रीय कार्यालयमा आयोजित विपन्न वर्गको उत्थान र विकाससम्बन्धी कांग्रेसको नीतिगत सुझाव प्रतिवेदन बुझ्दै कांग्रेस महामन्त्री थापाले यस्तो बताएका हुन । महामन्त्री...

एमबीबीएसको सिट संख्या बढाउन मिल्दैनः डा. गोविन्द केसी

२०८२ वैशाख १६ गते १८:२१

काठमाण्डू, १६ वैशाख– चिकित्सा क्षेत्र सुधारका लागि पटकपटक अनसन बसेका अभियन्ता डा. गोविन्द केसीले एमबीबीएस, बीडीएसको सिट संख्या बढाउने प्रक्रिया अगाडि बढाएकोमा असन्तुष्टि व्यक्त गरेका छन उनले आफूले उठाउँदै आएका माग तत्काल पूरा गर्न सरकार तयार नभए सत्याग्रहमा बस्ने चेतावनी समेत दिएका छन ।...

अवहेलना आरोपमा गगन थापासँग लिखित जवाफ माग्न सर्वोच्चको आदेश

२०८२ वैशाख १६ गते १८:१४

काठमाण्डू, १६ वैशाख– सर्वोच्च अदालतले नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापालाई अदालतको अवहेलनामा किन कारबाही नगर्ने भनी उनको लिखित जवाफ माग्न आदेश जारी गरेको छ । सर्वोच्च अदालतमा विचाराधीन मुद्दामा बोलेको भन्दै थापाविरुद्ध अदालतको अवहेलनामा कारबाही हुनुपर्ने मागसहित सर्वोच्चमा निवेदन पेश भएको थियो । कामु...

अमादब्लम हिमाल आरोहणबाट फर्कने क्रममा अस्ट्रेलियन आरोहीको मृत्यु

२०८२ वैशाख १६ गते १६:३५

काठमाण्डू, १६ वैशाख– सोलुखुम्बुस्थित अमादब्लम हिमाल आरोहण गरी फर्कने क्रममा एक अस्ट्रेलियन आरोहीको मृत्यु भएको छ । स्नो होराइजन ट्रेक्स एन्ड एक्सपिडिसन प्रालिबाट आरोहणमा गएका मार्टिन हर्नेगरको हिमाल आरोहण सम्पन्न गरी फर्कने क्रममा मृत्यु भएको पर्यटन विभागका निर्देशक हिमाल गौतमले जानकारी दिएका छन ।...

तुलसीलाल स्मृति भवनबाट एमालेको पार्टी कार्यालय हटाउन सांसद साहको माग

२०८२ वैशाख १६ गते १६:२९

काठमाण्डू, १६ वैशाख– आम जनता पार्टीका अध्यक्ष समेत रहेका सांसद प्रभु साहले साहले तुलसीलाल स्मृति प्रतिष्ठानकै भवनमा नेकपा एमालेले पार्टी कार्यालय राखेकोमा आपत्ति व्यक्त गरेका छन । आज (मंगलबार) बसेको प्रतिनिधि सभाको बैठकमा बोल्दै सांसद साहले यस्तो बताएका हुन । उनले सामाजिक कार्यको लागि...

दुई विधेयक पारित गरेर प्रतिनिधिसभा बैठक शुक्रबारसम्म स्थगित

२०८२ वैशाख १६ गते १६:२०

काठमाण्डू, १६ वैशाख– आज (मंगलबार) बसेको प्रतिनिधि सभाको बैठक दुई विधेयक पारित गर्दै शुक्ररबारसम्मका लागि स्थगित भएको छ । सभामुख देवराज घिमिरेले बैठक शुक्रबार अपराह्न ५ बजे बस्ने गरी स्थगित गरेका हुन् । प्रतिनिधिसभाको आजको बैठकमा आकस्मिक, शून्य र विशेष समयमा सांसदहरूले धारणा राखेका...

नारायणगढ–बुटवल सडकले विश्वमै नेपालको बेइज्जत भयोः अमरेशकुमार सिंह

२०८२ वैशाख १६ गते १५:४३

काठमाण्डू, १६ वैशाख– स्वतन्त्र सांसद डा. अमरेशकुमार सिंहले नारायणगढ–बुटवल सडकखण्ड समयमै निर्माण गर्न सरकारको ध्यानाकर्षण गराएका छन । आज मंगलबार बसेको प्रतिनिधि सभाको बैठकमा प्रतिनिधिसभाको मंगलबारको बैठकमा विशेष समय लिएर बोल्दै स्वतन्त्र सांसद डा.सिंहले यस्तो बताएका हुन । सांसद सिंहले विकास निर्माणको काममा ढिलाइ...

सेती प्रादेशिक अस्पतालको तेस्रो तलाबाट मिर्गौलापीडित बिरामीले हामफाले, घटनास्थलमै मृत्यु

२०८२ वैशाख १६ गते १५:३५

काठमाण्डू, १६ वैशाख– सेती प्रादेशिक अस्पतालमा उपचाररत मिर्गौला पीडित एक बिरामीले तेस्रो तलाबाट हामफाल्दाँ बिरामीको घटनास्थलमै मृत्यु भएको छ । प्रादेशिक अस्पतालमा डायलाइसिस गराउँदै आएका कैलालीको गोदावरी नगरपालिका–१ का ६३ वर्षीय चक्रबहादुर सिंहले मंगलबार दिउँसो अस्पताल भवनको तेस्रो तलाबाट हाम फालेको प्रादेशिक अस्पतालका सूचना...

प्रतिनिधिसभाबाट भन्सार विधेयक पारित

२०८२ वैशाख १६ गते १४:५७

काठमाण्डू, १६ वैशाख– आज (मंगलबार) बसेको प्रतिनिधि सभाको बैठकले भन्सार विधेयक पारित गरेको छ । आज बसेको प्रतिनिधिसभाको बैठकमा उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले भन्सार विधेयक पारित गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गरेका थिए । जसलाई सभाले पारित गरेको हो । यो विधेयक अघिल्लो सरकारले...

सरकारले शिक्षकलाई विद्यालय फर्काउने वातावरण बनाओस्ः सांसद खतिवडा

२०८२ वैशाख १६ गते १४:५३

काठमाण्डू, १६ वैशाख– सत्ताको प्रमुख घटक दल नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले आन्दोलनरत शिक्षकहरूलाई विद्यालयमा फर्कने वातावरण बनाउन सरकारसँग माग गरेका छन । आज (मंगलबार) बसेको प्रतिनिधिसभाको बैठकमा बोल्दै कांग्रेस सांसद खतिवडाले सरकारसँग यस्तो माग गरेका हुन । उनले विद्यालयमा विद्यार्थी पढाउनु पर्ने विद्यार्थीलाई...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us