दुर्घटनामा परेका पूर्वमन्त्रीले उद्धारकर्मी थर्काए

काठमाण्डु टुडे २०७० साउन ३२ गते १६:२५ मा प्रकाशित

सर्लाही, ३२ साउन – उदण्ड क्रियाकलापका कारण पटकपटक विवादमा पर्ने गरेका पूर्वराज्यमन्त्री खोभारी राय अत्याधिक मदिरा सेवन गरेर गाडी चलाउँदा दुर्घटनामा परेका छन् ।
khovariसिरहाको नयाँरोडबाट बरहथवातर्फ जाँदै गर्दा उनी सवार बा२च ९९४८ नम्बरको जिप दुर्घटनामा परेको हो । प्रहरीले अधिक मदिरा सेवन गरेर सवारी हाँकेका कारण राय दुर्घटनामा परेको जनाएको छ । दुर्घटनालगत्तै घटनास्थल पुगेको सशस्त्र प्रहरी बेश क्याम्प धरहराको टोलीले उनको उद्धार गरेको थियो । हरिवनमा सामान्य उपचार गराएर राय घर फिर्ता भएका छन् । मदिरामत्त अवस्थामा रहेका रायले उद्धारमा संलग्न प्रहरी र चिकित्सकलाई समेत गालीगलौग गरेका थिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us