काठमाण्डु, ३० असोज – चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानमा नयाँ पदाधिकारी नियुक्ति भएपछि केही नयाँ उपलब्धी हुने आशा गरेर बसेका कर्मचारी र बिरामीहरु झन अन्यौलमा परेका छन् ।
नयाँ पदाधिकारीहरु हिजैका भ्रष्ट , आचरणहीन , बिरामी र बिरामीको रगत दिशा, पिसाब बेच्नेहरुको चङ्गुलमा फसेको वीर अस्पतालका कर्मचारीको दावी रहेको छ ।
काँग्रेस निकट निर्देशक रहेका डा. स्वयमप्रकाश पण्डितलाई भ्रष्ट र आचरणहीन कर्मचारीहरुसंग साँठगाँठ गरेको आरोपमा प्रधानमन्त्री कार्यालय, काँग्रेसका नेता र पार्टी कार्यालयबाट पटक पटक सचेत गराईसकेको छ । तर पनि निर्देशक डा. पण्डित सुध्रन नसकेको वीर अस्पतालका कर्मचारीले बताए ।
अस्पतालमा आकस्मिक वेड हुँदाहुँदै आफू काम गर्ने नीजी अस्पतालमा पठाएर कमिसन खाने कर्मचारीको अस्पतालमा हालीमुहाली चलेको पाइएको छ । आकस्मिक कक्षमा जाँच हुने रगत , दिशा, पिसाब पनि नजिकको क्लिनिकमा पठाई कमिसन लिने, आफूले चिनेको औषधि पसलबाट औषधि किन्न लगाउने, अन्य पसलबाट ल्याएको औषधिले काम नगर्ने भन्दै फर्काउने, नयाँ बजारमा सहकारी खोलेर बस्ने, काँग्रेस निकट स्वास्थ्यकर्मीसंघका अध्यक्ष रामजी घिमिरेसंग निकट रहेर भ्रष्टाचारमा लाग्ने यीनै व्यक्ति हुन् । घिमिरे आफै भ्रष्टचारको केशमा अख्तियारद्धारा निलम्बीत भई बसेका छन् ।
हाल वीर अस्पतालका निर्देशक पण्डितले पनेरुलाई उपकरण खरिद इकाइमा राखेका छन् । जहाँ वार्षिक करोडौंको खरिद हुने गर्दछ ।
काँग्रेसबाट नियुक्ति भएका अन्य पदाधिकारी हरु डा. भुपेन्द्र बस्नेत र डा. किरण मानन्धर पनि कुनै सुधारको काम नगरी कुर्सी टिकाइरहेका छन् । यस विषयमा प्रधानमन्त्री स्वम र नेपाली काँग्रेस केन्द्रीय कार्यालयले पनि गम्भीर भएर सोचेको प्रधानमन्त्री कार्यालयमा रहेका व्यक्तिहरुले बताएका छन् ।
वीरका कर्मचारी सार्वजनिक खरिद नियमावलीको खिल्ली उडाउँदै औषधि पसलको टेन्डर नगरी मासिक कमिसन असुलेर बसेको पाइएको छ । जवकी आर्थिक वर्ष सुरुभएदेखि नयाँ टेन्डरमार्फत औषधि पसल सञ्चालन हुनुपर्ने थियो ।
साथै पछिल्लो समय नियुक्त भएका पदाधिकारीहरु वीर र न्याम्सलाई छुट्टयाउने खेलमा लागि परेको कर्मचारीको दावी छ । यहाँ कार्यरत चिकित्सकलाई भने क्षेत्र र अञ्चल अस्पतालसम्म आउने जाने वातावरण बनाई एकसय ५० प्रतिशत भत्ता खाने व्यवस्था गर्ने कार्ययोजनामा रहेको छ ।
न्याम्स आफैले ट्रमा सेन्टर आफ्नो जग्गामा बनेको र आफैले सञ्चालन गर्न पाउनुपर्छ भनि सर्वोच्चमा मुद्धा हालिरहेको छ । तर मन्त्रालयको निर्देशनमा ट्रमा सेन्टर छुट्टै सञ्चालन होस भनेर यी पदाधिकारीहरु लागीपरेका छन् । आफैले मुद्धा हालीरहेको संस्थामा मन्त्रालयको निर्देशनमा वीर अस्पतालले केही कर्मचारी समेत काजमा खटाएको छ ।
यो अवस्थामा न्याम्सका पदाधिकारी भने ट्रमा सेन्टरलाई न्याम्सबाट छुट्याएर जागिर जोगाउन दौडधुप गरिरहेको कर्मचारीले खुलासा गरे ।