प्रदर्शनका क्रममा सडकमा मोटरसाइकल तेर्स्याएर राखिँदा केहीबेर सवारी आवागमन प्रभावित भएको थियो ।
प्रहरी घटनास्थल पुगेर प्रदर्शनकारीलाई हटाएपछि यातायात पुनः सहज बनेको थियो ।
प्रदर्शनमा सहभागीहरूले ‘गरिबको आवाज दबाउन पाइँदैन’ लगायतका नारा लेखिएका प्लेकार्ड प्रदर्शन गरेका थिए ।
मोटरसाइकल पार्किङमार्फत गरिएको उक्त प्रदर्शनले केही समय सिंहदरबार क्षेत्रको आवागमन प्रभावित बनेको थियो ।