काठमाण्डू, २९ असार– सिंहदबारभित्र प्रवेश नदिएको भन्दै दुई महिलाले गेटमै धर्ना दिएका छन । कुमारी आमा भनेर चर्चित निहारिका राजपुत र घरायसी हिंसापीडित विनु यादवले गृहमन्त्रालय प्रवेश दिएको भन्दै सिंहदरबारकै गेटमै उनीहरु धर्नामा बसेका हुन ।
सिंहदरबार प्रवेशको पास हुँदा पनि भित्र जान नदिएको भन्दै उनीहरूले विरोध जनाएका छन् । उनीहरूले पीडितहरूलाई पनि गृहमन्त्री सुधन गुरुङले विभेद गरेको आरोप लगाएका छन् ।
कोही पीडितलाई गृहमन्त्री आफैँले भेट्ने गरेको तर आफूहरू भने भेट्छु भनेर आउँदासमेत समय नदिएको उनीहरूको आरोप छ ।