म गणेश नेपालीमा आफ्नै प्रतिबिम्ब देख्छुः धुर्मुस

काठमाण्डु टुडे २०८३ असार २६ गते १४:३० मा प्रकाशित

काठमाण्डू, २६ असार– हास्य कलाकार सीताराम कट्टेल उर्फ (धुर्मुस)ले गणेश नेपालीमा आफ्नै प्रतिविम्ब देखेको बताएका छन । उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘लामो समयदेखि पीडा, निराशा र उकुसमुकुसका बिच बाँचिरहेको म, गणेश नेपालीमा आफ्नै प्रतिबिम्ब देख्छु । राज्य सबै नागरिकको साँचो अभिभावक बनोस् ।

देशमा सम्मानपूर्वक श्रम गरेर बाँच्न सकिने वातावरण बनोस् ।’ फेरि कुनै नेपालीले निराशाको अन्तिम विकल्पका रूपमा आत्मदाह रोज्नुपर्ने अवस्था कहिल्यै नआओस् भन्ने कामना समेत उनले गरेका छन ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us