विष्णु पौडेललाई विशेष अदालतमा उपस्थित गराइयो

काठमाण्डु टुडे २०८३ असार १५ गते १३:४१ मा प्रकाशित

काठमाण्डू, १५ असार– पूर्व मन्त्री एवम् एमाले उपाध्यक्ष विष्णु पौडेललाई विशेष अदालतमा उपस्थित गराइएको छ । एमाले उपाध्यक्ष पौडेललाई आज (सोमबार) विशेष अदालतमा उपस्थित गराइएको हो ।

पौडेल असार ८ मा सुर्खेतबाट पक्राउ परेका थिए । आफ्नो पदको दुरुपयोग गरेर व्यवसायी दीपक भट्टलाई सेयर खरिदमा सहजीकरण गरेको कसुरमा पौडेलमाथि सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले अनुसन्धान गरिरहेको छ ।

यसअघि पौडेलको बन्दी प्रत्यक्षीकरण रिटमा सर्वोच्च अदालतले कारण देखाऊ आदेश जारी गरेको थियो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us