काठमाण्डू, १२ असार– चितवनमा जारी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशन अन्तर्गत पदाधिकारीका लागि भएको मतदानको समय सकिएको छ । केहीबेर अघि मतदान सकिएको छ ।
मतदानमा १२८९ मत खसेको निर्वाचन आयोग स्रोतले जानकारी दिएको छ । रास्वपा केन्द्रीय सदस्यमा २ हजार ९५९ मत खसेको थियो । यद्यपि प्रतिनिधिहरू मतदान नगरी फर्किएपछि पदाधिकारीमा मतदान गर्नेको संख्या ह्वात्तै घटेको हो स्रोतले जानकारी दिएको छ ।
केन्द्रीय सदस्यको भन्दा १ हजार ६ सय ७० जना कम प्रतिनिधिले पदाधिकारीका लागि मतदान गरेका हुन् । आजै केहीबेरमा पदाधिकारीको नतिजा सार्वजनिक गरिने बताइएको छ ।
गत असार ७ गतेदेखि जारी महाधिवेशन आज समापन गर्ने तयारी रास्वपाको छ । ५ जना पदाधिकारीका लागि निर्वाचन भएको हो ।