रास्वपा महाधिवेशन: विदेशमा रहेका प्रतिनिधिलाई मोबाइलबाटै मतदान गर्ने व्यवस्था

काठमाण्डु टुडे २०८३ असार १० गते १२:१६ मा प्रकाशित

काठमाण्डू, १० असार– चितवनमा जारी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का विदेशमा रहेका प्रतिनिधिहरुले उतैबाट मतदान गर्न पाउने भएका छन् ।

विदेश स्थित नेपाली सम्पर्क विभागबाट प्रतिनिधि बनेकाहरुलाई मोबाइल एपबाटै मतदान गर्ने व्यवस्था गरिएको हो । यो सँगै विदेशबाट १६३ प्रतिनिधि मतदान गर्ने भएका छन ।

उनीहरु मध्ये महाधिवेशनमा उपस्थित हुन नसकेकालाई मोबाइलबाटै मतदानको व्यवस्था गरिएको रास्वपाले जनाएको छ ।

महाधिवेशनमा सहभागी भएका प्रतिनिधिहरुले भने विद्युतीय मेसिनबाट मतदान गर्नेछन् । त्यसका लागि ८० वटा मेसिनको व्यवस्था गरिएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us