काठमाण्डू, ९ असार– पूर्व मन्त्री एवं एमाले सचिव महेश बस्नेतले सम्पत्ति छानबिनका विषयमा सबैका लागि एउटै मापदण्ड लागू हुनुपर्ने बताएका छन ।
एमाले सचिव बस्नेतले सामाजिक सञ्जालमार्फत पूर्वउपप्रधान तथा एमाले उपाध्यक्ष विष्णु पौडेलको सम्पत्तिमाथि छानबिन हुन सक्ने हो भने कम उमेरमै अत्यधिक सम्पत्ति आर्जन गरेका प्रधानमन्त्री बालेन्द्र शाह र गृहमन्त्री सुदन गुरुङलगायतको सम्पत्तिबारे पनि गम्भीरताका र पारदर्शिताको साथ अनुसन्धान हुनुपर्ने तर्क गरेका हुन ।
उनले व्यक्ति, पार्टी वा राजनीतिक निकटताका आधारमा छानबिनका मापदण्ड फरक हुन नहुने भन्दै सम्पत्ति आर्जनको स्रोत र छानबिन प्रतिवेदनहरू सार्वजनिक गर्न समेत माग गरेका छन ।
उनले पूर्वन्यायाधीश राजेन्द्रप्रसाद भण्डारी नेतृत्वको सम्पत्ति छानबिन आयोगको प्रतिवेदन सार्वजनिक नगरी सुदन गुरुङलाई पुनर्नियुक्ति दिइएको विषयमा समेत प्रश्न उठाएका छन ।