रास्वपामा प्यानल छैन, लिस्ट बोक्नेलाई ठाउँको ठाउँ हराउनुपर्छः राजु पाण्डे

काठमाण्डु टुडे २०८३ असार ९ गते १३:१७ मा प्रकाशित

काठमाण्डू, ९ असार– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) रास्वपा सांसद राजु पाण्डेले पार्टीमा कुनै प्यानल नभएको बताएका छन ।

महाधिवेशनस्थलमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै प्यानल बोकेर हिँड्नेलाई ठाउँको ठाउँ हराउनुपर्ने पनि बताएका छन । उनले भने, ‘नो प्यानल । प्यानल छैन । म प्यानलको विरोधी ।

प्यानल बोकेर हिँड्ने साथीहरूलाई ठाउँको ठाउँ हराउन अनुरोध गर्न चाहन्छु । लिस्ट बोक्ने साथीहरूलाई हराउनुपर्छ। हामी एउटा डुङ्गामा छौँ ।’

उनले आफूले केन्द्रीय सदस्यमा उम्मेदवारी दिएको बताए । पार्टीको मूल नेतृत्वले गरेको निर्णयमा आफू सहमत भएको पनि बताएका छन ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us