भक्तपुरमा युवकको हत्या आरोपमा तीन जना पक्राउ

काठमाण्डु टुडे २०८३ असार ९ गते १२:४० मा प्रकाशित

काठमाण्डू, ९ असार– भक्तपुरमा एक युवकको हत्या गरेको आरोपमा तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । भक्तपुर नगरपालिका–१ नगरकोटमोड बस्ने महोत्तरी मिथिला नगरपालिका–९ घर भएका २८ वर्षीय आकाश रसाईलीको हत्या अरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको हो ।

नेपाल प्रहरीको केन्द्रीय समाचार कक्षका अनुसार, उनीहरू सोमबार राति पक्राउ परेका हुन् । पक्राउ पर्नेहरूमा भक्तपुर सल्लाघारी बस्ने उदयपुर घर भएका ३१ वर्षीय आयष कार्की, झापा घर भएका २७ वर्षीय दोर्जे शेर्पा र गुल्मी घर भएका ३५ वर्षीय रमेश कुवँर रहेका छन् ।

उनीहरूले धारिलो हतियार चक्कु प्रहार गर्दा आकाश गम्भीर घाइते भएको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी प्रभाग दुधपाटीबाट खटिएको खटिएको प्रहरीले उनीहरूलाई पक्राउ गरीएको प्रहरीले जनाएको छ ।

गम्भीर घाइते भएका आकाशको केएमसी अस्पताल सिनामंगलमा थप उपचारको क्रममा मंगलबार बिहान मृत्यु भएको प्रहरीले जनाएको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us