रास्वपा महाधिवेशनमा दैनिक ९ क्विन्टलसम्म मटन खपत

काठमाण्डु टुडे २०८३ असार ८ गते १४:१६ मा प्रकाशित

काठमाण्डू, ८ असार– चितवनको भरतपुरमा जारी सत्ता घटक दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को पहिलो महाधिवेशनमा प्रतिनिधि तथा सहभागीहरूलाई तीन दिनसम्म दियालो फुडल्याण्डले खाना तथा खाजाको व्यवस्था गरीएको छ ।

दियालो फुडल्याण्ड, भरतपुर शाखासहित बुटवल र काठमाण्डू शाखासहितका कर्मचारी व्यवस्थापनमा खटिएका छन् । दियालो फुडल्याण्ड काठमाण्डू शाखाका अप्रेसन म्यानेजर प्रेम खत्रीका अनुसार काठमाण्डू सहित पाँच वटा शाखाबाट जनशक्ति खटिएको छ ।

जसले असार ७, ८ र ९ सम्म महाधिवेशन प्रतिनिधिहरूलाई खाना र खाजा खुवाउने छ । उनले भने, ‘बिहान सातदेखि ९ ब्रेकफास्ट, दिउँसो १ देखि ३ सम्म लन्च, त्यसपछि टि कुकिज र बेलुकाको डिनर भेज तय भएको छ, ‘प्रतिनिधि, पर्यवेक्षक र सुरक्षाकर्मीसहित झन्डै पाँच हजारको हाराहारीलाई खाना तथा खाजाको अर्डर छ ।’

उनका अनुसार बिहानको खाना मटनसहितको हुनेछ भने बेलुकाको भेज मात्र हुनेछ । उनले भने, ‘दैनिक मटन आठ नौ क्विन्टल खपत हुन्छ’, खत्रीको भनाइ छ ।

असार ७ गतेबाट सुरु भएको रास्वपाको महाधिवेशन ९ गते सम्पन्न हुने कार्यतालिका छ । महाधिवेशनमा देशभरका विभिन्न जिल्ला, प्रवास, विभिन्न तहका कमिटीबाट चार हजार बढी प्रतिनिधि सहभागी छन् । पार्टीले खानाको व्यवस्था गरे पनि वासको व्यवस्था भने प्रतिनिधि आफैँले गर्नुपरेको बताएका छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us