काठमाण्डू, ४ असार– सत्ता घटक दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले लेबी नतिरेका प्रतिनिधिलाई महाधिवेशनमा प्रवेश रोक लगाउने भएको छ ।
रास्वपा महामन्त्री कबिन्द्र बुर्लाकोटीका अनुसार, आफ्नो पुरानो पद अनुसार सबै प्रतिनिधिले लेबी तिरेको हुनपर्नेछ । ‘सबै प्रतिनिधिले आफ्नो पुरानो पद अनुसारको लेबी तिरेको हुनुपर्ने ।
लेबी नतिरेको त्यस्तो सदस्य भएमा उनीहरूलाई अधिवेशनमा प्रवेशका लागि रोक लगाउने भन्ने छ,’ महामन्त्री बुर्लाकोटीले भने साथै, आजको बैठकबाट लेबी तिर्न बाँकी भएकालाई पनि अनुरोध गरिएको उनले बताए ।
उनले भने, ‘आजको बैठकबाट तिर्न बाँकी भएकालाई तिर्न पनि अनुरोध गरिएको छ, ‘पार्टीको अनुशासनमा र निर्वाचन आचारसंहितामा पनि रहनेगरी निर्देशन गरिएको छ ।’