प्रतिनिधिसभाको बहुमतबाट विनियोजन विधेयक पारित

काठमाण्डु टुडे २०८३ असार ४ गते २१:५३ मा प्रकाशित

काठमाण्डु- प्रतिनिधिसभाबाट विनियोजन विधेयक, २०८३ पारित भएको छ ।

बिहीबारको बैठकबाट विधेयक हुमतले पारित गरेको हो ।

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले विनियोजन विधेयक, २०८३ पारित गरियोस् भनी प्रस्ताव प्रस्तुत गरेका थिए ।

सभामुख डोलप्रसाद अर्यालले उक्त विधेयक निर्णयार्थ प्रस्तुत गरे ।

प्रस्तावको पक्षमा बहुमत भएकाले विधेयक पारित भएको प्रस्ताव उनले गरे ।

त्यसअघि मन्त्रालयगत विनियोजन शीर्षकमाथि सांसदहरुले उठाएका प्रश्नको सम्बन्धित मन्त्रीहरुले जवाफ दिएका थिए ।

यस्तै २० फरकफरक खर्च कटौतीका प्रस्ताव निर्णयार्थ प्रस्तुत गरिएका थिए । सबै प्रस्ताव बहुमतले अस्वीकृत भए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us