सक्रिय राजनीतिबाट बिदा लिएको महराको घोषणा

काठमाण्डु टुडे २०८३ असार ४ गते १७:२८ मा प्रकाशित

काठमाण्डू, ४ असार– नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का नेता कृष्णबहादुर महराले आफुले सक्रिय राजनीतिबाट बिदा लिएको घोषणा गरेका छन् ।

आज एक विज्ञप्ति जारी गर्दै पार्टीको सक्रिय राजनीतिबाट अलग भएर सक्रिय सदस्य मात्रै रहने बताएका छन । पूर्वसभामुख समेत रहेका रहेका महराले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘आजकै मितिदेखि पार्टीको सक्रिय जिम्मेवारीबाट अलग भई साधारण सदस्य रहने निर्णय गरेको जानकारी गराउन चाहन्छु ।

यो निर्णय कुनै असन्तुष्टि, गुनासो वा वैचारिक विचलनका कारण नभई केवल स्वास्थ्य अवस्थाले सिर्जना गरेको बाध्यतात्मक परिस्थितिको परिणाम हो।’

पार्टी जीवनको अन्तरसंघर्ष, नेतृत्व निर्माण र नेपालको राष्ट्रिय स्वाधीनताको सवालमा सधैँ इमानदार र प्रतिबद्ध रहिरहने समेत बताएका छन । उनले भनेका छन्, ‘पार्टीमा बिताएका वर्षहरू, आन्दोलनका स्मृतिहरू, सहकर्मी साथीहरूको आत्मीयता र देश तथा जनताप्रतिको मेरो प्रेम र प्रतिबद्धता कहिल्यै समाप्त हुने छैन ।

मेरो शरीर कमजोर भए पनि देशप्रतिको चिन्ता, जनताप्रतिको माया र समुद्र नेपालको सपना अन्तिम श्वाससम्म जीवित रहनेछ।’ उनले केही वर्षयता आफू एट्रोफी सम्बन्धी रोगबाट पीडित भएको जानकारी उल्लेख गरेका छन्।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us