सुनिता डंगोलले पेश गरिन् २५ अर्ब ८८ करोड ३० लाखको बजेट

काठमाण्डु टुडे २०८३ असार ४ गते १८:१८ मा प्रकाशित

काठमाण्डू, ४ असार– काठमाण्डू महानगरपालिकाकी कार्यवाहक मेयर सुनिता डंगोलले आगामी आर्थिक वर्ष २०८३र८४ को लागि कार्यक्रम तथा बजेट, आर्थिक विधेयक र विनियोजन विधेयक प्रस्तुत गरेकी छन ।

जारी नगर सभामा डंगोलले २५ अर्ब १३ करोड ३० लाख ५५ हजार रुपैया सञ्चित कोषमा व्ययभार पर्ने र ७५ करोड रूपैया अन्य वाह्य व्ययभार हुने गरी कुल २५ अर्ब ८८ करोड ३० लाख ५५ हजार रूपैयाको अनुमानित बजेट पेश गरेकी हुन् ।

चालू आर्थिक वर्ष ०८२–८३ का लागि २५ अर्ब ११ करोड ४३ लाख ४१ हजार रूपैयाँको बजेट पारित गरेको थियो ।

‘आगामी आर्थिक वर्षको लागि सन्चित कोषमा २५ अर्ब १३ करोड ३० लाख ५५ हजार रुपैया जम्मा हुने अनुमान गरिएको छ,’ बजेट भाषण गर्दै कार्यवाहक मेयर डंगोलले भनिन्, ‘जसमध्ये काठमाण्डू महानगरपालिकाको आन्तरिक आय र बैंक मौज्दात गरी कुल २० अर्ब १८ करोड ६३ लाख २९ हजार रुपैयाँको स्रोत व्यवस्थापन हुने अनुमान गरिएको छ भने नेपाल सरकार तथा प्रदेश सरकारवाट सशर्त, समानीकरण, राजश्व वाँडफाँडवाट प्राप्त हुने अनुदान ४ अबै ९३ करोड ६७ लाख २६ हजार रुपैयाको स्रोत अनुमान गरिएको छ । त्यसैगरी जनसहभागिता वापत १ करोडको श्रोत प्राप्त हुने अनुमान गरिएको छ ।’

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us