काठमाण्डू, १ असार– श्रम संस्कृति पार्टीका अध्यक्ष तथा संसदीय दलका नेता हर्क साम्पाङले रकमान्तर गरेर सीमामा तारजाली लगाउन १ खर्ब बजेट विनियोजन गर्न सरकारसँग माग गरेका छन ।
आज (सोमबार) बसेको प्रतिनिधिसभाको बैठकमा आगामी आर्थिक वर्षको बजेटअन्तर्गत मन्त्रालयगत छलफलमा भाग लिँदै नेता साम्पाङले सरकारसँग यस्तो माग गरेका हुन ।
‘रकमान्तर गरेर १ खर्ब रुपैँया सीमामा तारजाली लागाउनको लागि विनियोजन गरियोस् भन्न चाहन्छु । सीमा रक्षामा विदेशी सेनासँग निहत्था लडिरहनुहुने नेपालीहरूको पोषण तथा पोशाकमा बजेट विनियोजन गरियोस्,’ साम्पाङले भने ।