मधेश सरकारले ल्यायो ४१ अर्ब १३ करोड ८६ लाखको बजेट

काठमाण्डु टुडे २०८३ असार १ गते १५:३५ मा प्रकाशित

काठमाण्डू, १ असार– मधेश प्रदेश सरकारले आगामी आर्थिक वर्ष ०८३–०८४ का लागि ४१ अर्ब १३ करोड ८६ लाखको बजेट ल्याएको छ । आज (सोमबार) मधेश प्रदेश सरकाका अर्थमन्त्री युवराज भट्टराईले मधेश प्रदेश सभामा उक्त बजेट प्रस्तुत गरेका हुन् ।

बजेटमा चालुतर्फ १४ अर्ब ६६ करोड ३२ लाख २९ हजार र पुँजीगततर्फ २६ अर्ब ४७ करोड ५३ लाख ७१ हजार खर्च प्रस्ताव गरिएको छ ।

जुन कुल बजेटमा चालुतर्फ ३५.५४ प्रतिशत र पुँजीगततर्फ ६.।३५ प्रतिशत हुन आउँछ । बजेटमा कृषि, शिक्षा, स्वास्थ्य, पूर्वाधार, वनलगायतका क्षेत्रलाई प्राथमिकता राखिएको छ । बजेटको स्रोत व्यवस्थापनमा आन्तरिक स्रोत तथा राजश्व तर्फबाट ११ अर्ब २२ करोड ७५ लाख बेहोर्ने अर्थमन्त्री भट्टराईको प्रस्ताव छ ।

यस्तै, संघीय सरकारबाट राजश्व बाँडफाटअन्तर्गत १२ अर्ब ८३ करोड प्राप्त हुने अनुमान गरिएको छ, भने संघीय सरकारबाट प्राप्त हुने वितीय अनुदान ९ अर्ब ४९ करोड ५९ लाख र चालु आर्थिक वर्षको बाँकी नगद मौज्दातबाट ६ अर्ब ८ करोड ५२ लाख हुने अर्थमन्त्रीको अनुमान रहेको छ ।

यस्तै, एक अर्ब ५० करोड रुपैयाँ आन्तरिक ऋणबाट उठाउने अर्थमन्त्री भट्टराईले बताएका छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us