कांग्रेसको प्रश्नः सुधन गुरुङबारेको प्रतिवेदन कहिले सार्वजनिक हुन्छ ?

काठमाण्डु टुडे २०८३ जेठ २९ गते १३:१६ मा प्रकाशित

काठमाण्डू, २९ जेठ– प्रमुख प्रतिपक्षी दल कांग्रेसले सुधन गुरुङबारेको प्रतिवेदनबारे सरकारको ध्यानाकर्षण गराएको छ ।

आज (शुक्रबार) बसेको प्रतिनिधिसभाको बैठकमा आकस्मिक समयमा पार्टीका तर्फबाट बोल्दै कांग्रेस सांसद भरत खड्काले सुधन गुरुङबारेको प्रतिवेदनबारे सरकारको ध्यानाकर्षण गरेका हुन् ।

सुधन गुरुङको सम्पति विवरण सार्वजनिक भएपछि त्यसको स्रोत र सेयरबारे प्रश्न उठेको थियो । त्यसमाथि छानबिन गर्न सरकारले समिति नै बनाएको थियो । समितिले प्रतिवेदन बुझाएको एक साता भयो ।

तर सार्वजनिक भएको छैन । समितिको प्रतिवेदन आएपछि पुनस् सुधन गुरुङ गृहमन्त्री भएका छन् । तर, उनीमाथिको छानबिन प्रतिवेदन भने सार्वजनिक भएको छैन ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us