दीपक भट्टको समूहविरुद्ध तीन फरक अदालतमा मुद्धा दायर

काठमाण्डु टुडे २०८३ जेठ २८ गते १९:२२ मा प्रकाशित

काठमाण्डु– व्यवसायीहरु दीपक भट्ट, सुलभ अग्रवाल र शेखर गोल्छाविरूद्ध विभिन्न तीन अदालतमा मुद्धा दर्ता भएको छ ।

विशेष अदालत, उच्च अदालत पाटन र जिल्ला अदालत काठमाण्डूमा उनीहरुविरुद्ध छुट्टाछुट्टै मुद्दा दायर भएको हो । भट्ट, अग्रवाल र गोल्छासहित ४२ जनाविरूद्ध बीमा ऐन–२०७९ अन्तर्गत आर्थिक हिनामिना गरेको अभियोगमा मुद्धा दायर गरिएको छ ।

बीमा प्राधिकरणका तत्कालीन अध्यक्ष शरद ओझा र मदन दाहालविरूद्ध समेत मुद्दा दायर भएको छ ।

हिमालयन रिइन्स्योरेन्स लिमिटेडका अध्यक्ष गोल्छा सहित १० जनाविरूद्ध दुई अर्ब ७३ करोड ३३ लाख १५ हजार १६० तथा नेपाल माइक्रो इन्स्योरेन्स कम्पनीका अध्यक्ष आशिष श्रेष्ठ सहित ९ जनाविरूद्ध १६ करोड १७ लाख ५२ हजार ८७३ रुपैयाँ बिगो दाबी गरिएको छ ।

भृकुटी ब्रोकिङ कम्पनीका सन्दिप चाचान अग्रवाल, सुधा कर्ण र राजिब ठाकुर, शुलभ अग्रवालविरूद्ध ३ अर्ब ७३ करोड ८५ लाख २४ हजार २२७ रुपैयाँ तथा भट्टसँग दुई अर्ब ८९ करोड २० लाख ४८ हजार ८३९ रुपैयाँ बिगो माग दाबी भएको छ ।

धितोपत्र सम्बन्धी ऐन–२०६३ अनुसारको कसुरमा ती तीन व्यापारीसहित ८१ जना प्रतिवादीविरुद्ध काठमाण्डू जिल्ला अदालतमा दायर भएको हो ।

उच्च अदालत पाटनमा भट्ट, शंकर अग्रवाल तथा उनका दुई छोरा शाहिल र शुलभ अग्रवालविरूद्ध बैंकिङ कसुरमा मुद्दा दायर गरेको छ । उनीहरुलाई ४२ करोड १४ लाख ८८ हजार ८ सय ७ रुपैयाँ बिगो तोकिएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us