रास्वपा छाडेकी गोमाको दुखेसोः माथिको ह्विप भन्दै हराइयो

काठमाण्डु टुडे २०८३ जेठ २८ गते १८:२० मा प्रकाशित

काठमाण्डू, २८ जेठ– राष्ट्रिय स्वतन्त्र पार्टी छाडेकी गोमा तामाङले आफूलाई माथिको ह्विप भन्दै प्रदेश सभापति हराइएको दाबी गरेकी छन ।

उनले सामाजिक सञ्जालमा फेसबुकमार्फत सेटिङ गरेर प्यानल बनाउन नसक्दा हारेको बताएकी छन् । उनले आफूलाई हराउन केही सांसद लागेको समेत बताएकी छन ।

उनले भनेकी छन्, ‘आखिर माथिको ह्विप भन्दै हराएरै छाड्यौ । माननीय तृतीयज्यू र केन्द्रीय सदस्यज्यू धन्यवाद ! तपाईं चौथोज्यूहरूलाई। सायद अनेक सेटिङ, प्यानल बनाउन जानिनँ मैले ।’

गुटबन्दीको घाउले कोशीलाई पिरोल्ने बताएकी छन्। ‘यो मेरो सोझो सिधापन आज दुखाइ भो सबैलाई। हजुरीको राजनीति गर्नै जानिनँ। कमजोरी भयो मेरो,’ उनले भनेकी छन् ।

प्रदेश अधिवेशनमा मतगणनामा पछि परेपछि गोमा तामाङले आजै राजनीति छाडेको घोषणा गरेकी थिइन् । उनले सामाजिक सञ्जाल फेसबुकमा स्ट्याटस लेखेर राजनीति छाडेको बताएकी हुन् ।

‘आजबाट राजनीति बिट मारेँ। मतदाता सम्पूर्ण साथीहरूलाई हार्दिक धन्यवाद व्यक्त गर्दछु,’ उनले भनेकी छन्।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us