काठमाण्डू, २८ जेठ– सत्ता घटक दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) कोशी प्रदेश सभापतिमा मोरङका चन्द्र राई निर्वाचित भएका छन । चार जना सरिन तामाङ, चन्द्र कुमार गौली र खगेन्द्र कटुवाल प्रतिस्पर्धामा रहेका थिए ।
७०२ मत खसेका मा राईले २८०, तामाङले १४१, गौलीले २७ र कटुवालले ४१ मत प्रप्त गरेका छन । यसैबिच चुनावमा पराजयसँगै सरिन तामाङले राजनीतिबाट अलग हुने घोषणा गरेकी हुन ।
प्रदेश सभापतिमा चन्द्र राई विजयी भएपछि उनले सामाजिक सञ्जाल फेसबुकमार्फत ‘राजनीतिक बिट मारेको घोषणा गरेकी हुन् । उनले फेसबुकमा लेखेकी छिन्, आजबाट राजनीतिक बिट मारे।
मतदाता सम्पूर्ण साथीहरूलाई हार्दिक धन्यवाद व्यक्त गर्दछु।’ कोशी प्रदेशको नेतृत्वका लागि भएको निर्वाचनमा कुल ७०२ मत खसेको थियो। निर्वाचन कमिटीले अन्तिम मतपरिणाम भने सार्वजनिक गरेको छैन ।