इन्भेष्टमेन्ट मेगा बैंकका सीईओ पाण्डे पक्राउ

काठमाण्डु टुडे २०८३ वैशाख ३० गते ११:२१ मा प्रकाशित

 काठमाण्डू, ३० वैशाख– नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्युरो सीआईबीले नेपाल इन्भेष्टमेन्ट मेगा बैंकका सीईओ ज्योति प्रकाश पाण्डेलाई पक्राउ गरेको छ ।

पाण्डेलाई सिन्धुलीको कमलामाई नगरपालिका– ६ बसपार्कबाट यही वैशाख २९ गते राति करिब ८ बजे पक्राउ गरेको सीआई प्रवक्ता शिव कुमार श्रेष्ठले जानकारी दिएका छन ।

पक्राउ गरेर उनलाई काठमाण्डू ल्याइएको छ । उनीमाथि स्मार्ट सेलको सम्पत्ति गैरकानुनी रूपमा लिलामी गर्ने कार्यमा संलग्न भएको आरोप छ ।

काठमाण्डूको रक्तकाली ठेगाना भई ललितपुरको मानभवन बस्दै आएका ६३ वर्षीय पाण्डेविरुद्ध मुलुकी अपराध संहिताको ठगी तथा आपराधिक विश्वाघातको कसुरमा अनुसन्धान अघि बढाइएको सीआईबीका प्रवक्ता एवम् एसएसपी श्रेष्ठले जानकारी दिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us