गैरीगाउँको सुकुमवासी बस्तीमा पनि चल्यो डोजर

काठमाण्डु टुडे २०८३ वैशाख १२ गते १४:३० मा प्रकाशित

काठमाण्डू, १२ वैशाख– काठमाण्डूको गैरीगाउँस्थित नदी किनारका सुकुमवासी बस्तीमा बनेका संरचना पनि हटाउन सुरु गरीएको छ । आज (शनिबार) बिहानबाट सरकारले काठमाण्डूको मुख्य सुकुमवासी बस्ती खाली गराउन सुरु गरेको हो ।

यसअघि थापाथली आसपासका सुकुमवासी बस्ती खाली गराइसकिएको छ । अहिले नेपाल प्रहरी, सशस्त्र प्रहरी र काठमाण्डू महानगर प्रहरीसमेतको सहयोगमा गैरीगाउँका सुकुमवासी बस्तीका संरचना हटाउन थालिएको हो ।

यसैबीच शनिबार बिहान ११ बजेसम्ममा थापाथलीस्थित बागमती नदी आसपासका सुकुमवासीहरू सरकारको सम्पर्कमा जान थालेका छन् । दिउँसो १ बजेसम्म २२ परिवारका सदस्यहरू घरवारविहीन भएको भन्दै सम्पर्कमा आएका छन् । उनीहरू आफ्नो परिवारको विवरण सरकारी टोलीलाई उपलब्ध गराएका हुन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us