काठमाण्डू, १४ चैत– पूर्वप्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीले आकस्मिक परामर्शका लागि कानुन व्यवसायीहरूलाई बोलाएका छन् ।
आफूलाई पक्राउ गर्न प्रहरीको टोली घरमा पुगेपछि ओलीले दुई वरिष्ठ वकिलहरूलाई बोलाएका हुन् । गुण्डुस्थित निवासमा ओलीले दुई वरिष्ठ वकिलहरूलाई बोलाएको ओली निकट उच्च स्रोतले जानकारी दिएको छ ।
उनीहरूसँग केहीबेर ओलीले परामर्श गर्ने नेताहरूले बताएका छन् । अहिले गुण्डुस्थित ओली निवासमा बाक्लो संख्यामा प्रहरी परिचालन भएको छ । प्रहरीले आवश्यक कागजात पूरा गरेर गुण्डु पुगेको बताएको छ ।