केपी ओली र रमेश लेखकलाई पक्राउ गर्ने तयारी

काठमाण्डु टुडे २०८२ चैत १३ गते २१:०७ मा प्रकाशित

काठमामाण्डू, १३ चैत- सरकारले एमाले अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी ओली र तत्कालीन गृहमन्त्री रमेश लेखकलाई पक्राउ गर्ने तयारी गरेको छ ।

उच्च सुरक्षा श्रोतका अनुसार नवनियुक्त गृहमन्त्री सूधन गुरुङले प्रहरी महानिरीक्षक दानबहादुर कार्कीलाई ओली र लेखकलाई पक्राउ गर्न निर्देशक दिएका हुन् ।

२३ र २४ भदौको नवयुवा आन्दोलनका घटना छानबिन गर्न पूर्वन्यायाधीश गौरीबहादुर कार्की नेतृत्वमा गठित उच्चस्तरी छानबिन आयोगले ओली, लेखक र पूर्वप्रहरी महानिरीक्षक चन्द्रकुबेर खापुङलाई निशस्त्र प्रदर्शनकारीमाथि गोली चलाएर हत्या गरेको आरोपमा तीनदेखि १० वर्षसम्म जेल सजाय गर्न सिफारिस गरेको थियो ।

सरकारले लुकाए पनि सार्वजनिक सञ्चार माध्यमले प्रकाशित गरेपछि निवर्तमान प्रधानमन्त्री सुशीला कार्कीले प्रतिवेदन सार्वजनिक गर्न निर्देशक दिएकी थिइन् ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) वरिष्ठ नेता बालेन्द्र शाह नेतृत्वको सरकारको पहिलो मन्त्रिपरिषद् बैठकले छानबिन आयोगको प्रतिवेदन तत्काल कार्यान्यवन गर्ने निर्णय गरेको थियो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us