कार्की आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णय

काठमाण्डु टुडे २०८२ चैत १३ गते १७:२७ मा प्रकाशित

काठमाण्डू, १३ चैत– सरकारले गत २३ र २४ भदौमा भएको जेनजी आन्दोलनको दमबारे जाँचबुझ गर्न बनेको आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने निर्णय गरेको छ ।

आज शुक्रबार बसेको सरकारको पहिलो मन्त्रिपरिषद् बैठकले उक्त प्रतिवेदन कार्यान्वयन गर्ने निर्णय गरेको सरकारका प्रवक्ता सस्मित पोखरेलले जानकारी दिएका छन ।

‘भदौ २३ र २४ गतेको प्रदर्शनका क्रममा भएका घटनाको जाँचबुझ गर्न गौरीबहादुर कार्कीको अध्यक्षतामा गठित आयोगले नेपाल सरकारसमक्ष पेश गरेको प्रतिवेदन कार्यान्वयन गर्न देहाय बमोजिम गर्ने,’ सरकारको निर्णय सुनाउँदै पोखरेलले भने ।

उनका अनुसार दुई बुँदामा यसको कार्यान्वयनका चरण छुट्याइएको छ । पहिलो, उल्लेखित आयोगले सिफारिस गरेको व्यक्ति र निकायमध्ये सुरक्षा संयन्त्रको हकमा अध्ययन समिति गठन गरी सो समितिले पेश गरेको सिफारिस बमोजिम गर्ने । दोस्रो, अन्यको हकमा सो आयोगले गरेको सिफारिस तत्काल कार्यान्वयन गर्ने ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us