काठमाण्डू, १३ चैत– शुक्रबार मध्याह्नदेखि दोलखाको लाप्चा क्षेत्रमा सम्पर्कविहीन मुस्ताङ एयरको हेलिकप्टर सुरक्षित अवस्थामा भेटिएको छ ।
मुस्ताङ एयरका प्रबन्ध निर्देशक रोनान लामिछानेले हेलिकप्टर दोलखाको लाप्चामा सुरक्षित फेला परेको जानकारी दिएका छन । उनले भने, ‘हाम्रो हेलिकप्टर दोलखाको लाप्चारमा सुरक्षित फेला परेको छ ।’