
एजेन्सी– भ्रष्टाचार आरोपमा एआइडीएमके प्रमुख एवम् तमिलनाडुकी मुख्यमन्त्री जे जयललितालाई चार वर्ष जेल सजाय सुनाइएपछि उनी समर्थक १६ जनाको मृत्यु भएको छ ।
नवभारत टाइम्स अनलाइनका अनुसार जयललितालाई जेलसजाय सुनाइएको सहन नसकी ६ जनाले आत्महत्या गरेका छन् भने १० जनाको हृदयघातका कारण मृत्यु भएको छ ।
आत्महत्या गर्नेमा १९ वर्षीय कलेज विद्यार्थीसमेत छन् । अन्य कैयौं मानिसलाई गम्भीर अवस्थामा अस्पताल भर्ना गरिएको पनि समाचारमा जनाइएको छ ।
प्रहरीका अनुसार अस्पतालको फैसला सुन्नेबित्तिकै तीनजनाले झुण्डिएर आत्महत्या गरेका थिए भने एकले आत्मदाह गरेका थिए ।
त्यस्तै एक जनाले चलिरहेको बसबाट हाम्फालेर र एक जनाले विष सेवन गरेर आत्महत्या गरेका थिए । त्यसै गरी आत्मदाहको प्रयास गर्ने दुईजना गम्भीर अवस्थामा उपचार गराइरहेका छन् भने तिरुपुरमा एक जनाले औंला नै काटेका छन् ।