बालेनलाई लक्षित गर्दै गगनले भनेः रुखमा झुन्ड्याएर सडक छिटो बन्दैन, कांग्रेससँग स्पष्ट योजना छ

काठमाण्डु टुडे २०८२ फागुन ९ गते १८:२७ मा प्रकाशित

काठमाण्डू, ९ फागुन– कांग्रेसका सभापति गगन थापाले विकासको गति कसैलाई रुखमा झुन्ड्याएर नबढ्ने दाबी गरेका छन ।

सर्लाहीमा शनिबार आयोजित एक कार्यक्रममा बोल्दै कांग्रेस सभापति थापाले यस्तो बताएका हुन । रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का वरिष्ठ नेता बालेन्द्र शाह(बालेन)लाई लक्षित गर्दै कांग्रेस सभापति थापाले यस्तो बताएका हुन । कांग्रेस सभापति थापाले विकासको गति सुधार गर्नका लागि कानुनी संरचनामा सुधार गर्नुपर्ने बहस गर्नुपर्ने बेला छिटो काम नगरे रुखमा झुन्ड्याइदिन्छु भन्ने सोच सुनिएको बताए ।

उनले भने, ‘यस्तो बहस छाडेर अहिले काम नगरे रुखमा झुन्ड्याइदिन्छु १ हामीले सुनेका भाषा अथवा सोचहरू सुनिन्छन् ।’ केही दिनअघि रास्वपाले सुदूरपश्चिमको धनगढीमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै २ वर्षमा सक्नुपर्ने काम २० वर्षसम्म नसक्ने प्रवृत्ति रहेको बताउँदै रास्वपाले डेढ वर्षमै सकाउने बताएका थिए ।

सँगै समयमा काम नगर्ने ठेकेदारलाई रुखमा झुन्ड्याइदिने अभिव्यक्ति दिएका थिए । त्यसको प्रतिवादमा कांग्रेस सभापति थापाले यस्तो बताएका हुन् ।

सबैलाई फटाहा भनेर आफ्नो हातमा चाबुक छ भन्दै तर्साएर मात्रै विकासले गति नसमात्ने उनले बताए । ‘यस्तो चिन्तनले सुधार गर्छु भन्यो भने पनि दुर्घटना हुन्छ,’ उनले अगाडि भने ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us