काठमाण्डू, ८ फागुन– मोटरसाइकल चोरी गर्दै पार्टपूर्जा निकालेर बेचबिखन गरेको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा मोरङको कानेपोखरी गाउँपालिका–६ घर भएर बुढानीलकण्ठ नगरपालिका–७ हात्तीगौडा बस्ने ३१ वर्षीय लक्ष्मण विश्वकर्मा, अर्घाखाँचीको शितगंगा गाउँपालिका–२ घर भएर हात्तीगौडा नै बस्ने २८ वर्षीय नरबहादुर चित्रे र हात्तीगौडा नै बस्ने ३८ वर्षीय करण खड्गी रहेको प्रहरीले जानकारी दिएको छ ।
प्रहरी प्रभाग बुढानीलकण्ठको टोलीले उनीहरूलाई पक्राउ गरेको हो । हात्तीगौडास्थित संकटा मन्दिरमा पार्किङ गरेर राखेको बा प्र. ०२–०१६ प ६१४३ नम्बरको मोटरसाइकल चोरी गरी पाटपूर्जा निकाल्दै गरेको अवस्थामा प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो ।