चुनावपछि कांग्रेस पहिलो पार्टी बन्छः विश्वप्रकाश शर्मा

काठमाण्डु टुडे २०८२ फागुन ८ गते १३:५० मा प्रकाशित

 

काठमाण्डू, ८ फागुन– कांग्रेस उपसभापति विश्वप्रकाश शर्माले २१ फागुनमा हुने प्रतिनिधिसभा निर्वाचनपछि कांग्रेस पहिलो पार्टी बन्ने बताएका छन ।

उनले देशलाई निकास दिनका लागि कांगेसले जिम्मेवार पूर्ण नेतृत्व गर्ने पनि बताएका छन । आज (शुक्रबार) राँकेबजारमा इलाम र पाँचथरको चुनावी सभालाई सम्बोधन गर्दै यस्तो बताएका हुन् ।

उनले पहिलो हुने दललाई सरकारको नेतृत्व दिनुपर्ने कांग्रेसको प्रस्ताव रहने पनि बताए । दोस्रो र तेस्रो दल प्रतिपक्षमा बस्ने गरी प्रस्ताव पेस गर्ने उनको भनाइ थियो । उपसभापति शर्माले नयाँ ऊर्जा, कार्यक्रम लिएर चुनावमा पार्टी होमिएको उनको भनाइ थियो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us