रास्वपाको पोखरा चुनावी सभा पनि स्थगित

काठमाण्डु टुडे २०८२ फागुन ८ गते १३:४० मा प्रकाशित

काठमाण्डू, ८ फागुन– रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पोखरामा गर्ने चुनावी सभा कार्यक्रम पनि स्थगित गरीएको छ ।

रास्वपाकी सहप्रवक्ता प्रतिभा रावलले भैरहवा र पोखरामा सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेन्द्र शाहले गर्ने भनिएको सम्बोधन स्थगित भएको जानकारी दिएकी छन ।

भैरहवामा शनिबार र आइतबार पोखरामा सम्बोधन कार्यक्रम राखिएको थियो । अन्तिम समयमा आएर दुवै ठाउँमा गर्ने भनिएको कार्यक्रम स्थगित भएको हो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us